Logo
११ माघ २०८१, शुक्रबार
(April 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकताको दस्तावेज सहित राजपा र सपाका नेताहरूद्वारा निवेदन दर्ता [दर्ता न.१३८८]

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपाल नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी, नेपालले एकताको दस्तावेज सहित दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

एकीकृत पार्टीले बिहीबार बिहान निर्वाचन आयोगमा पुगेर दर्ताका लागि निवेदन दिएको हो निर्वाचन आयोगमा पार्टी १३८८ नम्बरमा दर्ता भएको नेता राजेन्द्र महतोले जानकारी दिए ।

आयोगमा एकताका लागि शरतसिंह भण्डारी र उपेन्द्र यादवको हस्ताक्षरित निवेदन परेको छ ।
निवेदनका आधारमा निर्वाचन आयोगले कागजात अध्ययन गरी पछि आवश्यक निर्णय गर्नेछ ।

अहिले एकतासम्बन्धी समझदारीपत्र, विज्ञप्तिलगायतका कागजात बुझाइएको र आवश्यकताअनुसार पछि अरु कागजात बुझाइने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति: Apr 23, 2020

प्रतिक्रिया दिनुहोस्