Logo
११ माघ २०८१, शुक्रबार
(April 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाजवादी पार्टी फुटाउने प्रयास बिफल हुँदै : विद्रोही समुहमै आन्तरिक कलह

राजपासँग एकीकृत भएका समाजवादी पार्टीबाट विद्रोह गर्दै ७ जना सांसदले आज नयाँ दल दतौको तयारीमा जुटेका छन् । यद्यपी उनीहरुलाई रोक्न समाजवादी पार्टीको प्रयास जारी छ ।

विद्रोही नेता भनीएका इस्तियाक राईन र रेणु यादवसँग पार्टीका नेता डा. बाबुराम भट्टराईले समेत फोनमा कुराकानी गरेका छन् । अहिले पार्टी फोड्ने कार्य होईन हामी एकजुट हुने बेला हो भन्दै उनले विद्रोही नेताहरुलाई मनाउनमा लागेका छन् अध्यक्षद्वय भट्टराई र उपेन्द्र यादव विहानैबाट स्थिति सम्हाल्न प्रयासरत रहेका देखिन्छन्।

काठमाडौं नक्सालस्थित होटल म्यारिटमा ७ जना सांसदहरु बुधबार रातिदेखि नै नयाँ दल दर्ताको छलफलमा छन् । उनीहरुले समाजवादीबाट बिदा हुने लगभग तयारी गरेका छन् । तर, उनीहरुलाई रोक्ने प्रयास भने जारी छ ।

समाजवादी पार्टीका उपाध्यक्ष रेणु यादवको नेतृत्वमा उनीहरुले विद्रोहको तयारी गरेका छन् । छलफलमा सहभागी एक सांसदका अनुसार उनीहरु नयाँ दलको अध्यक्षमा रेणु यादव र संसदीय दलका नेतामा मोहम्मद इस्तियाक राईलाई जिम्मेवारी दिने तयारी गरेका छन् ।

उनीहरुसँगै सांसदहरु प्रदिप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा र रेणुका गुरुङ विद्रोहको तयारीमा छन् ।

तर उनीहरुको विद्रोहको सफलता पाउने या नपाउने हेर्न बाँकी छ । उनीहरुमध्ये सुरेन्द्र यादव भने असन्तु्ष्ट जनाउँदै छलफलबाट निस्किएर समाजवादी पार्टीका नेताहरुको सम्पर्कमा पुगेका छन् ।

उनीहरुलाई फकाउनका लागि अहिले समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई होटल पुगेका छन् । राइले नयाँ दल दर्ता गर्नबाट उनीहरुलाई रोक्ने अन्तिम प्रयास गर्दैछन् ।

छलफलमा सहभागी एक नेता भन्छन्, ‘नयाँ दल दर्ताको तयारी भइसक्यो, तर नेताहरु आउनुभएको छ, छलफलपछि निष्कर्ष के हुन्छ हेरौँ न ।’

सरकारले दल विभाजन खुकुलो पार्ने गरी अध्यादेश ल्याएसँगै राजनीतिक वृत्त तरंगित छ । अध्यादेशकै कारण पार्टी विभाजनको डरले बुधबार राति समाजवादी र राजपा मिलेर जनता समाजवादी बनाउने सहमति समेत भइसकेको छ ।

प्रकाशित मिति: Apr 23, 2020

प्रतिक्रिया दिनुहोस्