Logo
११ माघ २०८१, शुक्रबार
(April 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद सुरेन्द्र यादव काठमाडौंमा सार्वजनिक : सरकारले आफूलाई जवर्जस्ती ल्याएको आरोप

अपहरणमा परेका भनिएका समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव काठमाडौंमा सार्वजनिक भएका छन् ।

नक्साल स्थित होटल मेरियटमा रहेका उनले आफू राहत कार्यमा जुटिरहँदा आफूलाई सरकारले नै जवर्जस्ती ल्याएको आरोप लगाएका छन् ।

पूर्व आइजिपी सर्वेन्द्र खनाल, नेकपा नेता महेश बस्नेत र व्यापारी किसान श्रेष्ठले आफूलाई काठमाडौ ल्याएको बताएका छन्  ।

पप्रधानमन्त्रीको निर्देशनमा मन्त्री बनाउने हो हिँड्नुस काठमाडौ आफूलाई दबाब दिँदै प्रमसँग फोनमा कुराकानी समेत गराएर सरकारी गाडीमा काठमाडौ ल्याइएको उनले बताएका छन् ।

हिजो मात्र एकीकरण भएको जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई, सोही पार्टीका विश्वजीत पाण्डे लगायतसँ भेट्दै उनले त्यस्तो बताएका हुन् ।

नागरिक टाइम्सले यो ख्बरको ब्रेक गरेको थोयो भने हिजो बाह्रखरी अनलाइनले ‘उहाँ घरमै हुनुहुन्छ’ भन्दै समाचार सार्वजनिक गरेको थिए ।

सामाजिक संजालमा पाण्डेले लेखेका छन्  :

“सुरेन्द्र यादवलाई सुरक्षित स्थानमा राख्न उहाँलाई लिन म जाँदैछु । यादवजी पिएसओलाई पनि झुक्याएर निस्कन सफल हुनुभएको छ । ओली गुन्डागर्दी हद भो, अब ओलीलाई विदा गरौं ।” उहाँका अनुसार पूर्व आइजिपी सर्वेन्द्र खनाल, महेश बस्नेत र व्यापारी किसान श्रेष्ठ काठमाडौंबाट प्रमको निर्देशनमा सुरेन्द्र यादवलाई मन्त्री बनाउने हो हिँड्नुस्भन्दै दबाब दिँदै ओलीसँग फोनमा कुरा पनि गराएर सरकारी गाडीमा जनकपुरबाट काठमाडौ ल्याइएको उहाँले दावी गर्नु भएको छ ।

आफ्नो पार्टीका नेतालाई सरकारले गुण्डागर्दी शैलीमा नियन्त्रणमा लिएको र पार्टी भित्र चलखेल गरेको भन्दै उहाँले प्रधानमन्त्री ओलीले हदभन्दा बढी गरेको आरोप लगाउनु भएको छ । पाँचतारे मेरियट होटल, नक्सालमा समाजवादी पार्टीका सांसदहरुलाई ओलीको तर्फबाट हिजोबाट खान बस्न सबै व्यवस्था गरिएको उहाँको भनाई छ । होटलको ७०१ देखि ७१५ सम्मका कोठामा समाजवादीका सांसदहरूलाई, केहीलाई डर, केहीलाई मन्त्री पद र केहीलाई आर्थिक लगायत प्रलोभन देखाएर, राखिएको पाण्डेले बताउनु भएको छ । होटलमा रेणु यादव, इस्तियाक सहितको टीमलाई राखिएको उहाँको भनाई छ ।

उनीहरुलाई भेट्न र सरकारी घेरा तोड्न समाजवादी पार्टीका नेता अशोक राई अहिले होटलमा गएको पाण्डेले जानकारी दिनुभएको छ ।
होटलबाट भाग्नु भएका पूर्व स्वास्थ्य राज्यमन्त्री यादवलाई हिजो बेलुका पाँच बजे जनकपुरबाट सरकारी सुरक्षासहित काठमाडौ ल्याइएको थियो ।

समाजवादी पार्टीका नेता उपेन्द्र यादवले पनि सरकारले नै उनको अपहरण गराएको आरोप लगाउनु भएको छ । पेशाले चिकित्सक समेत रहेका यादव महोत्तरीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको हो ।

प्रकाशित मिति: Apr 23, 2020

प्रतिक्रिया दिनुहोस्