Logo
१ मंसिर २०८१, शनिबार
(April 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘जनता समाजवादी पार्टी नेपाल’ नयाँ नाम राखेर केहि बेरमा सपा-राजपाबीच एकता घोषणा हुँदै

‘जनता समाजवादी पार्टी नेेपाल’ नयाँ नाम राखेर केहि बेरमा सपा-राजपाबीच एकता घोषणा हुने भएको छ ।

समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले अहिले केही बेरमा एकता घोषणा हुने बताए ।

उनका अनुसार राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकीकरणका लागि अहिले काठमाडौंमा वार्ता जारी रहेको छ।

छलफलमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारी रहेका छन् ।

त्यस्तै समाजवादीको तर्फबाट अध्यक्षद्वय यादव र बाबुराम भट्टराई तथा नेताहरु अशोक राई र राजेन्द्र श्रेष्ठ‌ सहभागी रहेका छन् ।

एकीकरणका लागि लामो समयदेखि चल्दै आएको वार्तालाई निष्कर्षमा पुर्याउन दुवै पार्टीका शीर्ष नेताहरु जुटेका हुन् भने अहिले केहि बेरमा एकता घोषणा हुने भएको हो ।

राजपा र समाजवादीका केही नेताहरुले पार्टी विभाजन गर्न लागेको खबर पाएपछि दुवै दलका शीर्ष नेताहरुले एकीकरण घोषणा गर्न छलफललाई तीव्र पारेको बुझिएको छ।

स्रोतका अनुसार आज अबेर रातिसम्म सम्झौता पत्रमा हस्ताक्षर हुनेछ ।

प्रकाशित मिति: Apr 22, 2020

प्रतिक्रिया दिनुहोस्