Logo
१ मंसिर २०८१, शनिबार
(April 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी फुटको चर्चाबीच सपा-राजपाले पार्टी एकता घोषणा गर्दै

सरकारले अध्यादेश ल्याएर सजिलो बनाईदिएपछी फुटको चर्चाबीच समाजवादी पार्टी (सपा) राष्ट्रिय जनता पार्टी (राजपा) बीच पार्टी एकीकरण घोषणा हुने भएको छ ।

‘संभवत भोलि नै एकता घोषणा हुनेछ’ समाचार स्रोतले भन्यो कुनै नयाँ घट्नाक्रम नभए भोलि बिहिवार बैशाख ११ गते सपा-रजपाबीच पार्टी एकता घोषणा हुनेछ ।

यद्यपि यसबारे दुवै पार्टीका कुनै नेताले औपचारिक रूपमा केहि बेलेका छैनन् । ‘हामी गम्भीर मोडमा अवश्य पुगेका छौं’ सपा अध्यक्ष उपेन्द्र यादवले भने चाडैं नै राजपा-सपाबीच एकता घोषणा हुनेछन् । यद्यपि उनले मितिबारे केही खुलाउन चाहेनन् ।

‘राज्यले नै हामिमाथी बक्र दृष्टि राखेका छन्, करोडौंको आर्थिक लोभ समेत पद लगायतका लालच दिदै हाम्रो पार्टी फोड्ने प्रयासमा छन् । तसर्थ हामी तत्कालै दुवै पार्टीबीच एकता घोषणा गर्न लागेका छौं ।

‘अन्य बहस पछि गरौंला अहिलेलाई हामी एकता घोषणा गर्ने प्रयासमा छौं’ नागरिक टाइम्ससँगको कुराकानीमा यादवले -‘भने राज्यको षड्यन्त्र निकै खतरापूर्ण छ, तसर्थ पार्टी बचाउनु हाम्रो पहिलो आवश्यकता हो ।’

प्रकाशित मिति: Apr 22, 2020

प्रतिक्रिया दिनुहोस्