इलामका सीमावर्ती १८ स्थानमा सशस्त्र प्रहरीको सुरक्षाचौकी राखीयो
- नागरिक टाइम्स/संवाददाता
१० बैशाख २०७७, बुधबार ००:००
प्रदेश नं १ स्थित इलाममा भारतसँग सीमा जोडिएको इलामका सीमावर्ती १८ स्थानमा सशस्त्र प्रहरीको अस्थायी चौकी राखिएको छ ।
लकडाउनका समयमा पनि भारत र नेपालमा लुकिछिपी मानिसको आवतजावत भइरहेकाले चौकी राखिएको हो ।
खुला सीमा भएका कारण बाहिरबाट धेरै मानिस आएकाले सीमा क्षेत्रका नेपाली त्रसित थिए ।
भारतसँग सीमा जोडिएको इलामको साढे ५२ किलोमिटर क्षेत्रका १८ स्थानमा सशस्त्र प्रहरीको टोली खटाइएको जिल्ला प्रशासन कार्यालय इलामका सूचना अधिकृत सफल पोर्तेलले जानकारी दिए ।
उनका अनुसार लुकिछिपी नेपाल प्रवेश गर्नेको व्यक्ति बढेसँगै सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको हो ।