Logo
११ माघ २०८१, शुक्रबार
(April 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यादेशपछि राजपा-सपा फुटाउन चौतर्फी दौडधुप : ‘पैसा बोकर सांसद खोजिदै’

फास्ट ट्र्याकमा सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशले अहिले सबैभन्दा बढी हड्कम मच्चेको छ राजपा अर्थात राष्ट्रिय जनता पार्टी र सपा अर्थात समाजवादी पार्टीमा ।

राजपामा अनिल-राजकिशोरको टिमले सांसद खोज्दैछन् भने सपामा इस्तियाक-रेणुको टिमले सांसदलाई आफ्नो पक्षमा तान्ने प्रयासमा छन् ।

समाचार स्रोत भन्छन् ४० प्रतिशत राजपा र सपाका दुवै समुहले तयार गरिसकेका छन् तर बालुवाटारले ‘हामिलाई ६-७ जना होइन १२ जना सांसदको आवश्यकता रहेको’ भनेकाले उनिहरु थप चाजोबाजोमा लागेका छन् ।

समाचार श्रोत भन्छन् राजपा र सपा दुईटै पार्टी फूटे मात्र १२-१४ जना सांसद हुनेछन् । एउटै पार्टी फुटेर त्यो स्थिति छैन । तसर्थ यसकालागी दुवै समूह प्रयासरत छन् । आवस्यक आर्थिक सहयोगदेखि सबै किसिमको चाँजोपाँजो एउटा अज्ञात समुहले गरिरहेका छन् ।

यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो अध्यादेश ल्याउनु पुर्व नै राजपा र सपाका दुइटै समुहका नेतासँग छ्लफल गरेका थिए भने पुर्वसहमती अनुरुप सहजताका लागि उक्त अध्यादेश ल्याएदिएका हुन् ।

राजपाका अनिल झा र सपाका इस्तियाक राईनले बालुवाटारमा छुट्टाछुट्टै छलफल गरेका थिए । श्रोत भन्छन् सबै चाँजोपाँजो मिलाउने कार्यको जिम्मा एउटा अज्ञात समुहलाई दिईयो जस्ले आर्थिकदेखि सबै किसिमका काम कुरा गर्नेछन् ।

स्रोतका अनुसार सपा फुटाउन राइन र रेणु यादवको समुहले पार्टीका सांसदहरु राजेन्द्र श्रेष्ठ, प्रदीप यादव, विमल श्रीवास्तव, रेणुका गुरुङ, उमाशंकार अररिया लगायतसँग संवाद गरेका छन् भने करिब-करिब सबैले साथ दिन तयार भइसकेका छन् । ‘बालुवाटारले अरुलाई चिन्दैन, पार्टीमा जुनसुकै पद होस् समाचार श्रोतले भन्यो ‘राईनले जे परिणाम दिन्छन् बालुवाटारले त्यसलाई नै स्वीकार गर्ने छ ।’

उता राजपामा भने अनिल झा, राजकिशोर यादवको समुहले सांसदहरु प्रमोद साह, चन्दा चौधरी, नरमाया ढकाल, रानी मण्डल, दुलारी खत्वे, एकवाल मिया, चन्द्रकान्त चौधरी लगायतसँग छ्लफल गरेका छन् तर ठोस परिणाम भने निकाल्न सकेका छैनन् ।

यद्यपि उनिहरुले यसबारे कुनै प्रतिक्रिया भने दिन उनिहरुले मानिरहेका छैनन् । चन्दा चौधरीले आफ्नोबारे विभिन्न प्रचारवाजी भएपनी आफू पार्टीको साथ रहेको बताएकी छन् ।

‘महन्थ ठाकुर हाम्रा नेता हुन् नै सबै अध्यक्षमण्डल पनि मेरालागि आदरणीय हुन् तर म पार्टीको साथमा छु ।’ चौधरीले भनिन् -‘म पार्टी फूटको पक्षमा छैन’ ।

यता सबैभन्दा बढी तनमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छन् । उनले नागरिक टाईम्ससँग भने -‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सो अध्यादेश आफ्नै पार्टी फुटाउनका लागि ल्याएका हुन् । अध्यादेश ‘सुपर फास्ट ट्रयाकमा’ प्रमाणिकरण भएर राजपत्रमा प्रकाशित भएसँगै उनी पार्टीलाई फुटबाट जोगाउन सक्रिय बनेका छन् ।’ उनको भनाई छ ।

एउटा अनलाइनमा बाहिरिएको खबर अनुसार अध्यादेश आए लगतै उनी निकै बेचैन देखिन्थे राति नै आफ्ना सबै सांसदलाई फोन गरेर ‘हालखबर’ सोधेका थिए । पार्टी फुटाउन सक्ने शंका लागेका सांसदहरुलाई त यादवले पटक-पटक फोन गरेका थिए ।

एक सांसदले भने, ‘म नै अचम्ममा परेको थिएँ । राति १० बजे अध्यक्षज्यूले फोन गर्नुभयो । यसरी यति राति मलाई उहाँले कहिल्यै फोन गर्नुभएको थिएन ।

तर हिजो अचानक फोन गरेर के छ हाल खबर भनेर सोध्नुभयो । लकडाउनमा कसरी बसिरहनुभएको छ ? बालबच्चा कस्तो छ भनेर पनि सोध्नुभयो ? वहाँको अगाडि हुँदा पनि यस्तो प्रश्न कहिल्यै सोध्नुहुन्थेन ।’

सरकारले यो अध्यादेश राजपा र समाजवादी पार्टीलाई नै लक्षित गरेर ल्याइएको दावी गर्दै अध्यक्ष यादवले दलहरुलाई कमजोर बनाउने र शासन गर्ने काम अहिलेको सरकारबाट भइरहेको जिकिर गरे ।

सचिवालयको बैठकमा नै यो अध्यादेश मधेशी दलका लागि लक्षित गरेर ल्याएको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको दाबी पनि अध्यक्ष यादवले  गरे ।

सांसद तथा पार्टीका नेताहरुसँगको कुराकानी पछि नै आफ्नो पार्टी फुटाउन राज्य नै लागेको सूचना पाएको अध्यक्ष यादव बताउँछन् । अध्यक्ष यादवले भने, ‘बोराको बोरा पैसा बोक्दै सांसद खोज्दै हिँड्या छ । प्रजिअलाई लगाएको छ, गृहसचिवलाई लगाएको छ, प्रशासनलाई लगाएको छ, सांसदहरुलाई धम्काउने, प्रलोभन दिने, मन्त्री पदको आशा देखाउने काम भएको छ ।’

अध्यक्ष यादवले अहिले नै पार्टी फुट्ने अवस्थामा नपुगेको तर आफू नेताहरुको निरन्तर सम्पर्कमा रहेको बताए । उनले सबभन्दा बढी आशंका पार्टीका सचिव एवं पूर्वमन्त्री इस्तियार राइमाथि आशंका गरेका छन् ।

पार्टी फुटाउने कार्यमा सचिव राइ संलग्न रहेको कुरा पार्टीभित्रबाट र सञ्चारमाध्यममा पनि लगातार आइरहेको हुनाले उपेन्द्र यादव राइको निरन्तर सम्पर्कमा रहेका छन् । पार्टी सचिव इस्तियाक राइले ४० प्रतिशत सांसद ठीक पारेर राखेको सूचना उपेन्द्र यादवसमक्ष पुगेको छ ।

प्रधानमन्त्री ओली र इस्तियाक राइ बीच सम्बन्ध निकै गहिरो रहेको छ उक्त कुरा तत्कालीन अवस्थामा मन्त्री हेरफेरको घटनाले पनि पुष्टि गरेको थियो । एक राज्यमन्त्रीसहित पार्टीबाट दुईजना मन्त्री सरकारमा थिए । प्रधानमन्त्री ओलीले मन्त्री हेरफेर गर्दा उपेन्द्र यादवको मन्त्रालय हेरफेर गरिदिए र डा.सुरेन्द्र यादवलाई राज्यमन्त्रीबाट बर्खास्त गरिदिए ।

तर इस्तियाक राइलाई प्रधानमन्त्री ओलीले चलाएनन् । अहिले यो कोरोना भाइरसका कारण गरिएको लकडाउनमा इस्तिायर राइ राहत वितरणमा सक्रिय छन् । आफ्नो क्षेत्रमा गरीब, मजदुर तथा समस्यामा परेकालाई सहयोग गरिरहेका छन् । अध्यादेश पारितपछि भइरहेको चर्चाप्रति उनले हालसम्म कुनै प्रतिकृया दिएका छैनन् ।

तर उनी भन्छन्, ‘पार्टीले जारी गरेको विज्ञप्ति नै मेरो पनि धारणा हो ।’ पार्टी विभाजनको बारेमा जिज्ञासा राख्दा उनले अहिले नै पार्टी फुट्ने अवस्था नभएको तर भोलि के हुन्छ थाह नभएको प्रतिक्रिया दिए ।

उनले समाजवादी पार्टीमा विवाद रहेको कुरा स्वीकार गर्दै भने, ‘समाजवादी पार्टीमा मात्र होइन, हरेक पार्टीमा विवाद रहेको बताउँदै विवाद हुनु समान्य कुरा हो । यसले पार्टी नै विभाजन हुने अवस्था छैन ।’

उनले आफू बालुवाटारको निरन्तर सम्पर्कमा रहेको पनि स्वीकार गरे । यद्यपि, उनले छलफलमा पार्टी विभाजनको विषयमा कुनै कुराकानी नभएको दावी गरे ।

पार्टी फुटाउन प्रधानमन्त्री अ‍ोलीले पैसा दिएर मान्छे खटाएको कुरा तपाईकै पार्टीका अध्यक्षले भनिरहेकोे विषयमा जिज्ञासा राख्दा उनले यो विषयमा आफूलाई केही जानकारी नभएको र यस विषयमा अध्यक्षसँग नै कुरा गर्न भने ।

‘समाजवादी पार्टी बनेदेखि मधेशी नेताहरुको कुनै महत्त्व छैन । मधेशी नेताहरुलाई उपेन्द्र यादवले किनारा लगाइएको छ,’ ती सांसदले भने, ‘उहाँ (उपेन्द्र) ले आफ्नो मान्छेलाई नै चिन्न सक्नुभएन । सबैसँग दुरी बनाएर राख्नुभयो । त्यसैको नतिजा हो आज उपेन्द्र यादवलाई कसैले साथ दिइरहेका छैनन् । समय सधैँ एउटै रहँदैन ।’

प्रकाशित मिति: Apr 22, 2020

प्रतिक्रिया दिनुहोस्