Logo
१ मंसिर २०८१, शनिबार
(April 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोटेश्वर, जडिबुटी क्षेत्रमा काठमाडौं छाड्नेहरुको भीड, झोला बोकेर हजारौंको दौडधुप

शहरी क्षेत्रमा लकडाउनका कारण धेरै मानिस घरमै छन् । संघीय राजधानी काठमाडौ अन्तरगत जडिबुटी क्षेत्रमा भने लकडाउन मात्र होइन, मुसलधारे पानीको पर्वाह नगरी मानिसहरू हातमा झोला बोकेर दौडधुप गरिरहेका छन् । उक्त क्षेत्रमा दशैको भन्दा कम चहलपहल देखिदैन ।

उनीहरूमध्ये कतिपयले दुधे बच्चा काखी च्यापेका देखिन्छन् भने कतिपयले बालबालिका डोर्‍याइरहेका देखिन्छन्। यो भिड गाउँ जाने गाडी पाइने सूचनाका आधारमा कोटेश्वर, जडिबुटी क्षेत्रमा पुगेकाहरूको हो ।

जडिबुटी क्षेत्रमा पुग्नेहरूमध्ये धेरैजसो दोलखा, सिन्धुपाल्चोक र रामेछापका मानिसहरू छन् । रोजगारी तथा अध्ययनका लागि काठमाडौंमा बस्दै आएका उनीहरू लकडाउन लम्बिएपछि घर फर्किन चाहेकाछ्न ।

पछिल्लो दिनमा स्थानीय तह आफैँले उद्धार गर्ने वा समूह मिलाएर गाडी रिजर्भ गरेर जाने क्रम बढेको छ । कोटेश्वर तथा जडिबुटीमा भेटिएका विद्यार्थीहरूको एउटा समूह पनि यसरी आफैँ गाडी रिजर्भ गरेर गाउँ फर्किन लागेको भेटियो ।

एक विद्यार्थीले भनिन्, ‘पैसा कति लाग्छ भनेका छैनन्, तर पैसा तिरेर जाने हो ।’ मानिसहरूको एकाएक चहलपहल बढेपछि सुरक्षाकर्मी भने अन्यौलमा परेको देखिन्छन् ।

कसले कसरी मानिसहरूलाई लैजान लागेको हो भन्ने उनीहरूलाई जानकारी छैन । ‘सोध्यो भने पनि भन्दैनन्, केही कागज पनि छैन’ त्यहाँ भेटिएका एक प्रहरी अधिकृतले भने, ‘धेरैजसो उद्धार होइन, भाडा तिरेरै जान लागेका रहेछन् । हामी पनि के गर्ने भनेर अन्यौलमा परेका छौँ ।’

सुरक्षाकर्मीहरूका अनुसार मंगलबार साँझ ५ बजेदेखि ६ बजेसम्ममा १९ वटा गाडी हिँडिसकेका छन् । र, अझै कति गाडी मानिसहरू लिएर जान्छ भने उनीहरुलाई नै थाहा छैन ।

प्रकाशित मिति: Apr 21, 2020

प्रतिक्रिया दिनुहोस्