भोजपुर जाँदै गरेका ११ जना जम्मु काश्मीरका भारतीय इटहरीको जंगलमा भेटियो
प्रदेश १ स्थित सुनसरीको इटहरी उपमहानगरपालिका स्थित तरहरा क्षेत्रको चारकोशे झाडीको जंगलमा ११ जना भारतीय नागरिक भेटिएका छन ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार भारतको जम्मु काश्मीर घर भएका ११ जना मानिसहरु चारकोशे झाडी जंगल छेउमा रहेको खोटो कम्पनीको भवनमा बस्दै आएका फेला परेको बताए ।
उर्दु भाषा र हिन्दी बोल्ने उनीहरुले रोजगारका लागी भोजपुर तर्फ जादै गर्दा नेपालमा लकडाउन भएकाले चारकोशे झाडी जंगल छेउमा रहेको भवनमा बस्दै आएका थिए ।
इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले स्थानियहरुले घाँस दाउरा लिन जाने क्रममा उनिहरु बसेको जानकारी पाएपछि प्रहरीलाई खबर गरेका थिए ।
उक्त भारतीय नागरिकहरु एक महिना देखि त्यही बस्दै आएकाले कोरोना सक्रमणको आशंकामा उनीहरुलाई एम्बुलेन्समा राखेर इटहरी अस्पताल लगिएको बताए ।
र्यापिट टेष्टपछि सवैजनालाई क्वारेन्टाईनमा राख्ने तयारी भइरहेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
जम्मूकश्मिरवाट नेपाल आएर भोजपुर जाँदै गर्दा लकडाउनमा फसेका ११ जना भारतीय आरडिटि परीक्षण गर्दा सवैजनाको रिर्पोट नेगेटिभ आएको छ ।