उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण भएको पुष्टि
प्रदेश नं १ स्थित उदयपुरमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न पठाइएको थियो ।
त्यस क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
योसँगै आज मात्र परीक्षण गर्दा उदयपुरमा ९ जनामा कोरोना संक्रमित भएको पुष्टि भइसकेको छ ।