Logo
१ मंसिर २०८१, शनिबार
(April 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले ल्याएको अध्यादेशविरुद्ध नेपाली काँग्रेसले आन्दोलन गर्ने

नेपाली काँग्रेसले भौतिक दुरी कायम गर्दै सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ ।

कोरोना रोकथामका लागि लकडाउनको अवस्था भएकाले सरकारले हालै ल्याएको अध्यादेशविरुद्ध सामाजिक सञ्जालमार्फत् आन्दोलन गर्ने भएको हो ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भौतिक दुरी कायम गर्दै आन्दोलन गरिने बताए ।

उनले भने, ‘भौतिक दुरी कायम गर्दै नेपाली काँग्रेस सरकारको निरंकुशतातर्फ देशलाई लाने कदमविरुद्ध आन्दोलनमा जान्छ ।’

उनले सामाजिक सञ्जालमा सशक्त आन्दोलन हुने बताए । काँग्रेसको आगामी रणनीति तय गर्न पार्टी पदाधिकारी बैठक बस्दै छ ।

बैठकले अध्यादेश ल्याउने सरकारको कदमविरुद्धको रणनीति, अन्य पार्टीसँगको समन्वय र छलफललगायतका विषयमा निर्णय लिने बुझिएको छ ।

सरकारले हिजो लकडाउन भइरहकै अवस्थामा राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि यसको सर्वत्र आलोचना भइरहेको छ ।

तर, सरकारले यसलाई नियमित प्रक्रिया भनेको छ ।

प्रकाशित मिति: Apr 21, 2020

प्रतिक्रिया दिनुहोस्