Logo
१ मंसिर २०८१, शनिबार
(April 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा आजबाट लकडान खुकुलो बनाइदै, कोरोनाबाट ५ सय ५९ जनाको मृत्यु

भारतमा आजबाट लकडाउन खुकुलो भएको छ । तर, कोरोना भाइरसको जोखिम नभएको स्थान र अत्यावश्यक क्षेत्रको प्रयोग र संचालनमा लकडाउन खुकुलो गरिएको हो ।

भारत सरकारले अत्यावश्यक र महत्वपूर्ण काम गर्न छुट दिइने गरी निर्दे्शिका बताएर लकडाउन खुकुलो पारेको हो । भारतको गृह मन्त्रालयले दोस्रो चरणको लकडाउन शुरु भएपछि निर्दे्शिका जारी गरेको थियो जुन ८ वैशाखदेखि लागू गरिएको छ ।

निर्दे्शिका अनुसार स्वास्थ्य सेवालाई पहिलो नम्बरमा राखेर अस्पताल, औषधी पसल, औषधी निर्माण कम्पनि खोल्न दिइने भनिएको छ ।

दोस्रो नम्बरमा कृषिलाई राखेर कृषिसँग सम्बन्धित गतिविधि गर्न दिइने उल्लेख छ । कृषि उत्पादन, बिजारोपण, माछापालन, दुग्ध उत्पादन र विक्रीलगायत गर्न दिइने भनिएको छ ।

तेस्रो नम्बरमा वित्तिीय क्षेत्रलाई राखेर बैंक, इन्सुरेन्स कम्पनिलगायतको सेवा सुचारु गर्न दिइने उल्लेख छ । चौंथो नम्बरमा सामाजिक क्षेत्रका बाल गृह, मानसिक समस्या भएका, वृद्धाश्रम संचालन गर्न छुट दिने उल्लेख छ ।

पाचौं नम्बरमा सार्वजनिक आवश्यकताका पेट्रोल पम्प, ग्याँस, इन्टरनेट, टेलिफोन, हुलाक संचालन गर्न दिने भनिएको छ । छैंठोमा ढुवानी छुट दिइने उल्लेख छ । रेल, हवाई, जलमार्गबाट कार्गो संचालन गर्न दिइने छ ।

सामान ढुवानीमा ट्रक संचालन गर्न दिइने छ र त्यसमा दुई ड्राइभर र एक सहयोगी चढ्न पाउनेछन् । अत्यावश्यक सेवामा खाद्यान्न, तरकारी, फलफूल, दुध, माछामासुका पसलहरु संचालन गर्न दिइने भनिको छ ।

प्रिन्ट र इलेक्ट्रोनिक मिडिया संचालन गर्न दिइएको छ । लकडाउनका कारण रहेका पर्यटकलाई राख्न होटल, होभस्टे, लजहरु संचालन गर्न छुट दिइने छ ।

प्लम्बर र विद्युतको मर्मत गर्नेलाई समेत छुट दिइनेछ । सडक, सिचाईं, भवनलगायतको निर्माणमा छुट दिइनेछ ।तर, भारत सरकारले हवाई, रेल र सडक मार्गबाट यात्रामा रोक लगाउने उल्लेख गरेका छ ।

शैक्षिक संघ संस्था, सिनेमा हल, सपिङ कम्प्लेक्स, राजनीतिक र सामाजिक गतिविधि, पाँच जनाभन्दा बढी मानिसको भेला, धार्मिक गतिविधि, रक्सी, गुट्खा, सुर्ति चुरोटको सेवनमा समेत बन्देज लगाएको छ ।

पछिल्लो समयमा भारतमा कोरोना संक्रमित संख्या बढ्दोक्रम रहेको अवस्थामा अहिलेसम्म कोरोनाबाट कुल ५ सय ५९ जनाको मृत्यु भएको छ भने १७ हजार छ सय १५ जना संक्रमित पुगेको छ ।

भारतमा कुल कोरोना संक्रमित मध्ये २ हजार ८ सय ५४ जना उपचारपछि सकुसल घर फर्केका छन् ।२४ घण्टामा भारतमा नयाँ कोरोना संक्रमितको संख्या १५ सय ५३ पुगेको छ भने ३६ जनाको मृत्यु भएको छ । यो हालसम्मको उच्च रहेको छ ।

प्रकाशित मिति: Apr 20, 2020

प्रतिक्रिया दिनुहोस्