सरकारको बचाउ गर्न बालुवाटारमा सरकारी संचारकर्मीसँग प्रधानमन्त्रीको अन्तरक्रिया
प्रधानमन्त्री केपि शर्मा ओलीले सरकारको बचाउमा भूमिका खेल्न सरकारी संचारमाध्यमलाई निर्देशन दिएका छन् ।
राज्यद्वारा संचालित सरकारी संचारमाध्यका संचारकर्मीसँग शनिबार उनले अन्तरक्रिया गरेका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र अन्य समसामयिक विषयमा प्रधानमन्त्रीले अन्तरक्रिया गरेका हुन् ।
राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमका प्रतिनिधिहरुसँग लगभग २ घण्टा लामो अन्तर्क्रियामा ओलीले सरकारको बचाउ गर्न सरकारी मिडियालाई निर्देशन दिएको बालुवाटार स्रोतको दावी छ ।