इनरुवाको वर्णमाला न्युज र उदायपुरको शोलुसन अनलाइनलाई बन्द गर्न प्रेस काउन्सिलद्वारा पत्राचार
प्रेस काउन्सिल नेपालले दर्ता नरहेको २ ओटा अनलाइन न्युज पोर्टललाई बन्द गर्न पत्राचार गरेको छ ।
कोरोना भाईरस सम्बन्धि समाचारमा संक्रमित ब्यक्तिको गोपनियता भङ्ग गरेको आरोपमा प्रदेश १ स्थिति सुनसरीबाट संचालन भईरहेको वर्णमाला न्युज डटकम र उदायपुरबाट संचालन भैरहेको शोलुसन डटकमलाई नेपालमा नखुल्नेगरी वेबसाईट बन्द गरिदिन हुनका लागि पत्राचार गरेको हो ।
उदायपुरमा भेटिएको १२ जना कोरोना संक्रमितबारे समाचारमा फोटो समेत प्रकासित गरिएको र उक्त अनलाइनहरु दर्ता नरहेकाले त्यस्तो पत्राचार गरिएको हो ।
काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा पत्राचार गरिएको पत्रमा उक्त २ वटै अनलाइन दर्ता नरहेकाले वेबसाइट नखुल्ने बनाईदिनका भन्दै लागि नेपाल दुरसंचार प्राधिकरणलाई पत्राचार गरिएको छ ।
‘पछि दर्ता भयो भने उक्त अनलाइनहरु फेरि खोलाईदिन हामी नै पत्राचार गरौंला तर अहिले दर्ता नरहेको अनलाइनलाई काउन्सिलले मिडिया मान्दैन’ उपप्रशासकीय अधिकृत बोहराले नागरिक टाइम्ससँग भने- ‘बिना दर्ता रहेको अनलाइनलाई प्रेस स्वतन्त्रता अन्तरगत लिईदैन ।’
यस्तो छ पत्राचार गरिएको पत्र :