‘सिस्टम कोल्याप्स’ हुँदा देशभर बिजुली अफ : १ घन्टाभित्र सबैतिर आइसक्ने
‘सिस्टम कोल्याप्स’ हुँदा देशभर एकैपटक बत्ती गएको छ । प्राधिकरणले यसलाई सिस्टम नै कोल्याप्स भएको भनेको छ । बिस्तारै एकपछि अर्को क्षेत्रमा विद्युत आपूर्ति गर्दै १ घन्टाभित्र देशैभर विद्युत आपूर्ति भैसक्ने उहाँले जानकारी दिनुभयो ।
ढल्केवरदेखी चन्द्रनिगाहपुरको बिचमा कुनै ठाउँ ठूलो चट्याङ परेकोले यस्तो भएको हुनसक्ने प्राधिकरणका प्रबक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो ।
यस्तो अवस्था बिरलै मात्र आउने पनि प्राधिकरणले जनाएको छ । देशभर एकैपटक बत्ती गएकोमा केही भागमा केही समयपछि बत्ति आउन सुरु गरेको छ ।
ललितपुर र काठमाण्डौका पनि केहि भागमा बत्ति आएको छ । सुदूरपश्चिममा भने प्रणालीमा सुधार भएर बत्ति आउन १ घण्टा लाग्ने प्रधिकरणले जनाएको छ ।