Logo
२ मंसिर २०८१, आईतबार
(April 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अझ कडा गरिदै थप १५ दिन लकडाउन लम्बिने, गृहमन्त्रालय बाहेक सबै पास रद्द

संघीय सरकारले लकडाउन अझै लम्ब्याउने निश्चित भएको छ । भोलिसम्ममा सरकारले लम्ब्याउने घोषणा गर्ने भएको छ ।

३ वैशाखमा दोस्रो चरणको लकडाउन अन्त हुनुअघि नै घोषणा हुने बुझिएको छ । कोरोना भाइरसको थप संक्रमित भेटिएको र भारतबाट नेपाल छिरेकाहरुमा संक्रमण देखिएपछि लकडाउन लम्ब्याउने र अझ कडाई गर्ने तयारी भएको हो ।

विश्वस्त स्रोतका अनुसार दुई हप्ता फेरि लकडाउन लम्ब्याएर भारतसँग सीमा जोडिएका निश्चित सीमालाई पुरै शिल्ड गर्ने तयारी समेत भएको छ । कैलाली सीमा देखि एक सय किलोमिटर क्षेत्र शिल्ड गरिसकिएको छ ।

उता प्रदेश १ स्थित झापामा पनि सीमा देखि निश्चित किलोमिटर शिल्ड गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन अझै लम्ब्याउने संकेत गरी सीमामा अझै कडाई गरिने स्पष्ट पारिसकेका छन् ।

उनले शनिबार मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्समा सीमामा कडाई गर्ने र लकडाउन खुकुलो बनाउने कुनै सम्भावना नभएको प्रष्ट पारिसकेका छन् ।

यसैगरी, वीरगञ्जमा लकडाउन अझ कडाई गरिने भएको छ । मस्जिदमा रहेका तीनजना भारतीय नागरिकमा कोरोना भाइरसको पुष्टि भएपछि वीरगञ्ज क्षेत्रमा कडाई गरिएको छ ।

प्रदेश २ को वीरगञ्जलगायत मुख्य इलाकामा कफर्यु लगाउने सम्मको तयारी भएको बुझिएको छ । राजपा नेता राजेन्द्र महतोले वीरगञ्जमा कफर्यु लगाउनुपर्ने बताइसकेका छन् ।

लकडाउन लम्ब्याउने र कडाई गर्नुपर्नेमा मुख्यमन्त्रीहरुले जोड दिइसकेका छन् । सरकारले कम्तिमा अझै दुई हप्ता लकडाउन लम्ब्याउने तयारी गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

संक्रमित बढिरहेकाले पनि लकडाउन अनिवार्य रहेको भन्दै प्रधानन्त्री केपी शर्मा ओलीले कडा कदम चाल्न निर्देशन दिइसकेको बुझिएको छ ।

यसैबीच गृह मन्त्रालयले अनलाईन मार्फत अत्तिआवश्यक पास बितरण सुरु गरेको छ । गृहमन्त्रालय बाहेक अन्य कार्यालयले जारी गरेको पास रद्द गरिएको छ ।

प्रकाशित मिति: Apr 13, 2020

प्रतिक्रिया दिनुहोस्