कोरोना महामारी समाप्त नभएसम्म आफ्नो पारिश्रमिक ‘राहत कोष’ मा : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ लाई साह्रै अफ्ठ्यारो परिस्थितिमा स्वागत गर्न लागिएको बताउनुभएको छ ।
पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने घडी वास्तवमा उल्लास र उमङ्ग पर्व हुनुपर्ने थियो, समिक्षा र नयाँ सङ्कल्पको अवसर हुनुपर्ने थियो तर परिस्थितले त्यसो हुन नसकेको उल्लेख गर्नुहुदै प्रधानमन्त्री ओलीले देशभर र विदेशमा रहेका सवैमा शुभकामना व्यक्त गर्नुभएको छ ।
नयाँ बर्षका अवसरमा दिनुभएको भिडियो सन्देशमा प्रधानमन्त्रीले कोरोना महामारीको वर्तमान अवस्थामा देश विदेशमा रहनुभएका नेपालीलाई सतर्कता र सचेतताको लागि पनि आह्वान गर्नुभएको छ ।
सन्देशमा प्रधानमन्त्री ओलीले मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म आफ्नो पारिश्रमिक ‘कोभिड–१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेको पनि उल्लेख गर्नुभएको छ ।
उहाँले कोरोना विरुद्धको अभियान सबैको बलियो एकतामा जितिने युद्ध हो भन्नुहुँदै सन्देशमा आवश्यक पर्दा ‘हुनेको गास काटेर, नहुनेलाई बचाउने’ त हाम्रो परम्परा पनि हो भन्नुभएको छ ।
देश भित्रको संकट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयास सर्वोपरि रहनुपर्छ भन्दै प्रधानमन्त्री ओलीले मुलुक प्रगतिमा रहेको बेला हुने उपलब्धिको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह–भारबहन सबैले नै मिलेर गर्नुपर्छ भन्नुभएको छ ।
भिडियो सन्देश :