वीरगन्जमा रहेका तीन भारतीयमा कोरोना पुष्टि, अस्पतालको आइसोलेसन वार्डबाटै दुईजना भागे
नेपालका थप ३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रहेको पुष्टि भएको छ। भारतको उत्तर प्रदेशका उनीहरु उनीहरु तीनैजना मुस्लिम धर्मका प्रचारक धार्मिक गुरु हुन्।
संक्रमित बसेकै मस्जिदमा रहेका ११ जनालाई प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिई नारायणी अस्पतालको आइसुलेसनमा राखेको छ।
रुघा खोकी लागेको भन्दै मस्जिदमा रहेका २४ जनालाई बिहीबार एक स्थानीय नेताले वीरजन्गको नारायणी अस्पताल लिएर गएका थिए ।
कोरोना संक्रमित भारतीय नागरिक रहेको र उनीहरु अहिले वीरगन्जको नारायणी अस्पतालको आइसुलेसनमा रहेका छन्।
हेटौंडामा परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएका उनीहरुको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुन परीक्षण गर्दा पोजेटिभ नै देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ।
उनीहरु केहीदिनअघि दिल्लीमा भएको तब्लगी जमातमा सहभागी भई फर्किएको आशंका गरिएको छ । स्थानीयका अनुसार उनीहरु ९/१० दिन पहिलादेखि वीरगन्ज–२ छपकैयाको मस्जिदमा बस्दै आएका थिए।
ती मध्ये शंकास्पदको स्वाबको नमूना संकलन गरी हेडौंडा पठाइएकोमा त्यहाँ ३ जनाको पोजेटिभ रिपोर्ट देखिएको अस्पतालका एक चिकित्सकले जानकारी दिएका थिए। त्यसपछि पुःन निश्चित गर्ने काठमाडौं पठाएको हो।
नारायणी अस्पतालले उनीहरुलाई अस्पतालको आइसुलेसनमा बस्न भने पनि उनीहरुलाई ल्याउने नेताको दवावपछि मस्जिदमै लगिएको अस्पतालले जनाएको छ।
हेडौंडाको परीक्षण रिपोर्ट शंकास्पद आएपछि उनीहरुलाई प्रहरीले शुक्रबार साँझ मस्जिदबाट नियन्त्रणमा लिई नारायणी अस्पतालको आइसुलेसन राखेको हो ।
अस्पतालको आइसोलेसन वार्डबाटै दुईजना भागे
उता सुदूरपश्चिम प्रदेश स्थित डडेल्धुरास्थित डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा कोरानाको आशंकामा भर्ना गरिएका दुईजना भागेका छन्।
उनीहरू शनिबार दिउँसो अस्पतालबाट भागेका हुन्। कोभिड-१९ को आशंकामा तीन दिनअघि अस्पतालमा भर्ना भएको उनीहरू अस्पताललाई जानकारी नदिइ भागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगदीशचन्द्र विष्टले जानकारी दिए।
तीन दिनअघि उहाँहरूलाई हामीले आइसोलेसन वार्डमा भर्ना गरेका थियौँ। अस्ति मात्रै उहाँहरूको नमूना संकलन गरेर काठमाडौं पठाइएका थियो। उनले भने, ‘दिउँसोसम्म यतै अस्पतालमा रहेका बेलुका वार्ड हेर्दा अस्पतालमा भेटिएनन्।’
निमित्त मेसु विष्टका अनुसार दुबैजनाको स्वास्थ्य अवस्था सामान्य नै थियो। अस्पतालबाट भागेका उनीहरू भागेश्वर गाउँपालिका ३ नानीगाडका व्यक्ति हुन्। उनीहरूको प्रहरी र गाउँपालिकाले खोजी गरिरहेको छ।
गाउँपालिका अध्यक्ष कौशिला भट्टका अनुसार भागेका उनीहरू आमा-छोरा हुन्। छोरा भारतबाट आएको बुझिएको छ। उनीहरूको खोजी कार्य तीव्र पारेको अध्यक्ष भट्टले भनिन्, ‘घरमा पनि नआएकोले खोज्दैछौँ।’
उनीहरूको खोजीका लागि खबर पाउने बेलादेखि नै प्रहरी परिचालन गरेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी बताए।