Logo
७ माघ २०८१, सोमबार
(April 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहारा नेपालद्वारा देवानगंज गाउँपालिकालाई खाद्यन्न सामाग्री हस्तान्तरण

प्रदेश १ स्थित सुनसरीको देवानगंज गाउँपालिकालाई खाद्यन्न सामाग्री हस्तान्तरण गरेको छ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले देवानगंज गाउँपालिकालाई खाद्यन्न सामाग्री हस्तान्तरण गरेको हो ।

संस्थाकी शाखा प्रमुख अम्विका शरणले चामल २ सय केजी, दाल ३० केजी, तेल २४ लिटर, नुन ५० केजीे खाद्यन्न सामाग्री पालिकाका अध्यक्ष लाली प्रसाद मेहतालाई हस्तान्तरण गरेकी हुन् ।

देवानगंज गाउँपालिकाका गरीब तथा विपन्न वर्गलाई राहत स्वरुप खाद्यन्न सामाग्री पालिकाकालाई हस्तान्तरण गरेको हो ।

देवानगंज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले विपदको समयमा सहारा नेपालले खाद्यन्न सामाग्री उपलब्ध गराएको धन्यवाद ब्यक्त गर्दै गरीव तथा बिपन्न वर्गको समुदायको पहिचान गरी राहत सामाग्री बितरण गर्ने बताएका छन् ।

देवानगंज गाउँपालिका भित्र रहेको प्रत्येक वडामा राहत सामाग्री बितरण गर्नको लागि नामावली संकलन गर्ने कार्य सम्पन्न भएकोले पालिकाबाट पनि राहत सामाग्री बितरण गर्ने तयारी अन्तिम अवस्थामा पुगेकोले छिटो भन्दा छिटो घर घरमा पु¥याउने कार्यमा जुटेको समेत अध्यक्ष मेहताले बताएका छन् ।

गाउँपालिकाका प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेले गरीब तथा विपन्न वर्ग तथा ज्याला मजदुरी गरी जिविकोपार्जन गरिरहेको समुदायलाई खाद्यन्न सामाग्री उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

प्रकाशित मिति: Apr 10, 2020

प्रतिक्रिया दिनुहोस्