Logo
७ माघ २०८१, सोमबार
(April 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देवानगंजमा ट्रकको ट्रक राहत सामग्री आएको छ, वास्तविक पिडतको घर भरदिनेछौं : लालीप्रसाद मेहता

प्रदेश १ स्थित सुनसरीको देवानगंज गाँउपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले वास्तविक गरिब पिडितको घर राहतबाट नै भरिने बताएका छन् ।

उनले भने -‘म यति आग्रह गर्न चाहान्छु, की कृपया घरमा बस्नुस् लकडाउनलाई सफल बनाउनुस्, धैर्यता राख्नुस्, हामि कोही पनि गरिबलाई मर्न दिने छैनौं ।’

‘कोरोना भाइरसको संकटलाई अन्त्य गर्न देशभर जारी रहेका लकडाउनलाई पुर्ण रुपमा पालना गर्नुको कुनै बिकल्प नरेहेको भन्दै नागरिक टाइम्ससँगको कुराकानीमा मेहताले भने -‘यस गाँउपालिकाका जुनसुकै वास्तविक गरिब पिडितको घरलाई हामिले राहतबाटै भरिदिने छौं । तर यहाँ हुने खानेले नै दरित्रता देखाइरहेका छन् ।’

‘ट्रकको ट्रक राहत सामाग्री आइरहेका छन् देवानगंजका कोही पनि गरिबले पीर गर्नु पर्दैनौं उनले भने- ‘तर राज्यको आफ्नै नियम कानून हुन्छ हामिले नियम अनुसार अहिले लगत उठाइरहेका छौं बिना भेदभाव सबै गरिबले राहत पाँउनेछन् ।’

‘मात्र सुकुम्बासी, मजदुर ज्यालादारी होइन, की निम्न वर्गीय किसान, ब्यापारीका लागि पनि राहतको हामि ब्यवस्था गर्दैछौं ।’

उनले भने -‘तर जनतामा धैर्यता हुनु जरुरी छ । अहिलेको पहिलो प्रथमिकता कोरोनाको संकटबाट जुध्नु हो । राहतमा कमिसन खाने, राहतका नाममा त्राहिमाम गर्ने बेला यो होइन ।’

देवानगंज गाँउपालिका सबै जनप्रतिनिधि, कर्मचारी हामि जागरुप छौं, नागरिक टाइम्ससँग उनले भने-‘पुरै पालिकालाई सुरक्षित राख्नु र सबै जनतालाई भयरहित बनाउनु हाम्रो मूल दाइत्व हो । पहिलो चरणमा हामिले नितान्त गरिब जनतालाई राहातको ब्यस्था गर्देछौं ।’

त्यसपछि निम्नवार्गीय किसान, साना ब्यापारीसम्मलाई राहत दिनेछौं । उनले भने आवश्यक औषधी, स्वास्थ्यकर्मी तथा एम्बुलेंससम्मलाई हामिले तैनाथी अवस्थामा राखेका छौं । कोरोनाको कुनैपनि उपचारका लागि हामिले निशुल्क एम्बुलेंस सेवा दिनेछौं ।

‘भारतीय सिमा क्षेत्रलाई पुर्णरुपमा बन्द गराएको भन्दै अहिले केहि दिनका लागि पारिवारिक सम्बन्धित ब्यक्तीहरुलाई पनि आवतजावत नगर्न आग्रह गर्दछौं ।’

उनले भने -‘छोरी माइती जाने, ज्वाई ससुराली जाने वा सम्धी पहुना आउने बेला अहिले होइन, कोरोना संकट नसकिएसम्म जो जहाँ छौं त्यही बसौं, अन्य सबै कार्य बन्द गरौं ।’

प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन न्योपानेले राहतकै लागी बिभिन्न समाग्री गाँउपालिकामा आइसकेको बताए । प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन न्योपानेले राहतकै लागी बिभिन्न खाद्ययन्न समाग्री गाँउपालिकामा आइसकेको बताए ।

न्यौपानेका अनुसार राहतका कै लागि पालिकामा ५० हजार किलो चामल, ४ हजार किलो दाल, ४ हजार टिर खाने तेल ४ हजार केजी नून आइसकेको छ । प्रत्येक वडाको टोल टोलमा राहतका लागि लगत उठाउने कार्य तिब्र रुपमा भइरहेको छ ।

उनका अनुसार चैत्र २५ गते बसेको गाउँ कार्यपालिकाको बैठकले कोरोना लकडनको कारण कमजोर आर्थिक अवास्था तथा दैनिक ज्याला मजदुरी गर्ने वर्गहरु जीवन निर्वाह गर्न निम्म बमोजिमको निर्णय गरेको छ ।

  • -७०,००,००० लाखको राहत कोष ।
  • -जनप्रतिनिधिहरुले १ महिनाको सेवासुबिधा कोषमा दिने।
  • -कर्मचारीहरु १ महिनाको तलबको २८ प्रतिशत दिने।
  • -राहत सामग्री चामल -१५ किलो , दाल -१ किलो, नुन-१ किलो र खाने तेल-१ ली. प्रति परिवार ५ दिन भित्र लगत संकलन गरि वितरण गर्ने।

नियम :

  • -असहाय भन्नले: कसैको लालन पालनमा नरही अशक्त आवास विहिन भई मन्दिर, मस्जितमा बस्ने व्यक्तिहरु.

श्रमिक वर्ग भन्नाले आर्थिक अवस्था कम्जोर भएको :

    • -कृषि मजदुर
    • -ट्राक्टर , ट्रक भ्यान आदि वाट सामान लोड अनलोड गर्ने व्यक्तिहरु
    • -निर्माण कार्यमा दैनिक ज्यालादरि गर्नेहरु

 

हेर्नुस् राहत सामग्रीको फोटो फिचर : 

प्रकाशित मिति: Apr 9, 2020

प्रतिक्रिया दिनुहोस्