Logo
७ माघ २०८१, सोमबार
(April 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइतबारदेखि स्थिति सामान्य हुने : मुलुकभर पूरै भरिएको ग्यास सिलिण्डर बिक्री विरतण खुला

नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ । चैत १६ गतेदेखि मुलुकभर आधा सिलिण्डर ग्यास बिक्री भएको थियो ।

निगम सञ्चालक समितिको बुधबारको बैठकले १४.२ किलो (पूरै भरिएको) को सिलिण्डर ग्यास बिक्री विरतण खुला गर्ने निर्णय गरेको एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले जानकारी दिए ।

निगमले सबै ग्यास उद्योगहरुलाई बिहीबारदेखि नै भरी सिलिण्डर ग्यास भर्न निर्देशन दिएको उनले बताए । बजारमा भएका आधा सिलिण्डर बिक्री सकिएपछि आइतबारबाट मात्रै भरी सिलिण्डर ग्यास बिक्री हुने घिमिरेले बताए ।

बजारमा खाना पकाउने ग्यासको माग उच्च भएपछि निगमले चैत १२ गते बेलुकी आधा सिलिण्डर ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति: Apr 8, 2020

प्रतिक्रिया दिनुहोस्