Logo
२ मंसिर २०८१, आईतबार
(April 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना उद्गम स्थल वुहान सहर ७६ दिनपछि खुल्यो

अहिले विश्वमाहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको उत्पति स्थल चीनको वुहान सहर ७६ दिन पछि आज बुधबारदेखि लकडाउन खुलेको छ ।

चीनले जनवरी २३ देखि वुहानलाई लकडाउन गरेको थियो भने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मंगलबार मध्यरातिदेखि वुहानको लकडाउन हटाइएको हो ।

७६ दिनसम्मको लकडाउन अवधिभर वुहानका बासिन्दालाई खाद्यान्न खरिद वा अन्य अत्यावश्यक कामको लागि मात्र बाहिर जाने अनुमति थियो

लकडाउन खुलेसँगै यहाँका मानिसहरुले कुनै विशेष अनुमति बिना नै बाहिर घुम्न पाउनेछन् । यो सहरमा एक करोड १० लाख मानिसको बसोबास छ ।

चीनमा भाइरसका ८२ हजारभन्दा धेरै संक्रमित भेटिइसकेका छन् भने भाइरसबाट अहिलेसम्म चीनमा ३ हजार ३ सयभन्दा धेरै मानिसको मृत्यु पनि भइसकेको छ ।

तर, पछिल्लो समय चीनमा निरन्तर नयाँ संक्रमितको संख्यामा कमी आइरहेको छ ।पछिल्लो समय चीनमा कोरोना भाइरसको महामारी बिस्तारै नियन्त्रणमा आएसँगै चीनले लकडाउन हटाउन थालेको हो ।

लामो समयको लकडाउन हटेसँगै कर्मचारीहरुले सडकमा राखिएका अवरोध हटाएका छन् । हाईस्पीड ट्रेनले पनि सेवा सुरु गरेको छ ।

वुहान सहर मुख्यगरी चीनको ओद्योगिक केन्दको रुपमा रहेको छ । विशेषगरी साना ठूला उद्योगको लागि बढी चर्चित वुहान शहर मानिन्छ ।

उक्त शहरमा धेरै ठूला उद्योग सुचारु भइसकेका छन् भने साना तथा मझौला सचारु गर्न संर्घष गरीरहेको अवस्थामा छन् ।

यस्ता उद्योगलाई सहयोग गर्न सरकारले २ अर्ब ८० करोड डलरको सहुलियत ऋणको व्यवस्था गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: Apr 8, 2020

प्रतिक्रिया दिनुहोस्