Logo
४ आश्विन २०८१, शुक्रबार
(April 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैशाख १८ सम्मलाई अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय

सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई वैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले वैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी बैशाख १८ गतेसम्म उडान स्थगित गर्ने निर्णय गरेको हो।

बैठकले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए। आन्तरिक उडान बैशाख ३ गतेसम्म बन्द गरिएको छ।

प्रकाशित मिति: Apr 7, 2020

प्रतिक्रिया दिनुहोस्