निलो नम्बर प्लेटको कुटनीतिक गाडीमा ३ हजार पर्ने थर्मल-गन १६ हजारमा बेच्दै थिए अग्रवाल
कुटनीतिक नियोगको गाडीमा थर्मल गन विक्री गर्दै हिडेका आरोपमा ब्यापारी सुलभ अग्रवाल पक्राउ परेका छन् ।
अग्रवालले कालोबजारी गरेकोले पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए।
अग्रवाल किर्किस्तानका लागि नेपालका अवैधानिक वाणिज्यदूत हुन्। साथै उनी जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक पनि छन्।
तीन हजार मूल्य पर्ने थर्मल गनलाई १५ हजार रूपैयाँमा बेचेको आरोपमा अग्रवाललाई मंगलबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।
उनको निलो नम्बर प्लेटको गाडिबाट ६६ थान थर्मल गन बरामद भएको उनको भनाइ छ। ‘अग्रवालले निलो नम्बर प्लेटकै गाडि प्रयोग गरेर सामान विक्री गर्दै आएका थिए,’ एसएसपी थापाले भने।