Logo
२७ पुस २०८१, शनिबार
(April 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज दुर्लभ समय, सिद्धिकारक योग : साँझ ७ : ७ बजे घर-घरमा दीप प्रज्वलन गर्न अह्वान

समाज कल्याणका लागि आज (आइतबार) साँझ सात बजेपछि सबै नेपालीलाई घरघरमा दीप प्रज्वलन गर्न आह्वान गरिएको छ ।

साँझ ७ः७ बजेदेखि राति ९ बजेर ९ मिनेटको समयसम्म सबै नेपालीलाई दीप प्रज्वलन गर्न आह्वान गरिएको हो ।

हिन्दु धर्म तथा मान्यताअनुसार आज विशेष योग रहेको र आजको साँझ दीप प्रज्वलन गर्दा निकै शुभ हुने भएकाले सबै नागरिकलाई दीप प्रज्वलन गर्न आह्वान गरिएको हो ।

ज्योतिष शास्त्री वासुदेव कृष्ण शास्त्रीले संसारभर फैलिएको कोरोना भाइरसको महामारीका बीच विश्व कल्याण र शान्तिको कामनासहित दीप प्रज्वलन गर्न सबैलाई आग्रह गरे ।

उनले आजको रात दीप बालेर प्राथना गर्दा विभिन्न तनावबाट छुटकारा मिल्नुका साथै मानिसमा सकारात्मक उत्साह बढ्ने दाबी गरे ।

ज्योतिषी कृष्ण शास्त्री, प्राज्ञिक विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय सह संगठन सचिव रमेश कँडेल र हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय कार्यवाह (महामन्त्री) मुरली निरौलाले एक भिडियो सन्देश सार्वजनिक गर्दै सबै नागरिकलाई दीप प्रज्वलन गर्न आह्वान गरेका हुन् ।

आज (आइतबार) को दिन सिद्धिकारक योग (दुर्लभ समय) परेकोले यस क्षणमा दीप प्रज्ज्वलन गरि विश्व कल्याण र शान्तिको काममा गर्न सबैमा अपिल गरिएको हो । ज्योतिष शास्त्र अनुसार, आइतबार सूर्य ग्रहको दिन तथा चैत्र शुक्ल त्रयोदशी परेको छ ।

यस दिन चन्द्रमा सूर्यको राशि सिंह (राशि) मा अवस्थित हुनेछ । रात्री ९ बजेको समयमा तुला लग्नको उदय हुनेछ ।

यतिबेला राहु नवौं भावमा हुनेछ ।  एकसाथ दियो (दीप) बालेमा ब्रह्माण्डमा नवौं भाव सक्रिय हुन्छ । जसको विश्वमा सकारात्मक प्रभाव पर्नेछ ।

प्रकाशित मिति: Apr 5, 2020

प्रतिक्रिया दिनुहोस्