अमेरिका कोरोना केन्द्र बिन्दु बन्दै, न्युयोर्कमा मात्र १ लाख १३ हजारभन्दा बढी सङ्क्रमित
बर्तमान समयमा कोरोना भाइरसले विश्वआतंक बनाइरहेको अवस्थामा अमेरिकाको न्युर्योक राज्यमा मात्रै सङ्क्रमितको सङ्ख्या १ लाख १३ हजार ७ सयभन्दा धेरै पुगेको छ ।
अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण एकैदिन ६ सय ३९ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार ५ सय ६५ पुगेको बीबीसीले जनाएको छ ।
। अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८ हजार ४ सय ५२ पुगेको छ । यस्तै सङ्क्रमितको सङ्ख्या ३ लाख ११ हजारभन्दा बढी छ ।
अमेरिकाभरि शनिबार मात्रै १ हजारभन्दा धेरैको मृत्यु भएका मध्ये आधा सङ्ख्या न्युयोर्कको रहेको खबरमा उल्लेख छ । न्युर्योकका गभर्नर एण्ड्रयु कुओमोले अबको चारदेखि १४ दिनमा राज्यमा कोरोना भाइरस सङ्क्रमणको प्रभाव अहिलेसम्मकै उच्च वा खराब स्तरमा देखिने चेतावनी दिएका छन् ।
यसैबीच विश्वका २ सय ६ देश र दुई अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोनाका कारण १२ लाख एक हजार ९ सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ ।
जसमध्ये २ लाख ४६ हजार ६ सय ३४ जना उपचारपछि निको भएका छन् । त्यस्तै आठ लाख ९० हजार पाँच सय ८३ जनाको उपचार भइरहेको छ । ६४ हजार सात सय १६ जनाको ज्यान गएको छ ।