भारतमा कोरोना ‘फैलाउने’ मुस्लिम धार्मिक सभामा नेपालबाट १९ नेपाली सहभागी भएको खुलासा
छिमेकी देश भारतमा कोरोना भाइरस (कोभिड–१९) फैलाउन भूमिका खेलेको एक धार्मिकसभामा १९ जना नेपाली पनि सहभागी भएको खुलेको छ ।
दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनका अनुसार त्यो धार्मिक सभामा सहभागी मध्ये २४ जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ ।
मुस्लिम धार्मिक सभामा नेपालबाट पनि १९ जना सहभागी भएको खुलेको हो ।
भारतीय सञ्चार माध्यमहरुले गृह मन्त्रालयलाई उद्दार गर्दै जनाएअनुसार सभामा २८१ जना विदेशी थिए, जसमा नेपालसहित अफगानिस्तान, मलेसिया, म्यानमार, किर्गिस्तान, थाल्याण्ड, श्रीलंका, बंगलादेश, इंगल्याण्ड, फिजी, फ्रान्सलायत मुलुक छन् ।
कोरोनाको संक्रमण फैलिन नदिन भारत सरकारले सभा सम्मेलन गर्न रोक लगाएको बेला यो धार्मिक सभा भएको थियो ।
यसअघि मलेसिया र दक्षिण कोरियामा पनि धार्मिक स्थलमा गरिएको भेलाबाट कोरोना भाइरस मुलुकभर फैलिएको थियो ।
अहिलेसम्म भारतमा पनि कोभिड-१९ संक्रमितको संख्या १ हजार २०० नाघेको छ भने मृतकको संख्या ३२ पुगेको छ । भारतीय सञ्चार माध्यमहरुकाअनुसार धार्मिक संस्था तबलीगी जमान १९२० देखि चल्दै आएको छ ।
मौलाना आजाद नेशनल उर्दू युनिभर्सिटीका भाइस चान्सलर जफर सरेशवाल, जो तबलीगी जमानसँग जोडिएका छन्, उनकाअनुसार यो मुसलमानहरुको विश्वकै ठूलो संस्था हो । र, यसको सेन्टर १४० देशमा छ ।
मार्चको सुरुवातमानयाँदिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्गा तबलीगाी जमातको हेडक्वाटरमा यो धार्मिक सभा भएको थियो । १ देखि १५ मार्चसम्म चलेको सभामा करिव ८ हजार सहभागी त्यो सभामा विभिन्न देशका मानिसहरु पनि आएका थिए ।
तर सभा भएको स्थान नजिकै पर्ने दक्षिण दिल्लीका केही मानिसमा आइतबार कोरोना भाइरसको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि भारतभर त्रास फैलिएको छ ।
यस्तै तलंगना सरकारले त्यही सभामा सहभागी ६ जनाको कोरोनाकै कारण मृत्यु भएको बताएको प्रेस ट्रस्ट अफ इण्डियाले जनाएको छ ।अहिले भारतका विभिन्न राज्यमा त्यो धार्मिक सभामा सहभागीहरुको खोजी भइरहेको छ ।
उनीहरु परीक्षणका लागि अस्पताल पठाउने र क्वारेन्टाइनमा राख्ने काम भइरहेको छ ।