Logo
२ मंसिर २०८१, आईतबार
(March 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना सतर्कता : अमेरीकामा निषेधात्मक उपाय अप्रिल ३० सम्म निरन्तरता

बर्तमान समयमा कोरोना भाइरसले विश्व आतंकीत बनाएको छ । सो अवस्था मध्यनजर गरि अमेरिकामा कोरोना भाइरस प्रकोप बढेपछि निषेधात्मक उपायहरू कम्तीमा १ महिना अप्रिल ३० सम्म निरन्तरता दिने तयारी गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक दूरी कायम गर्ने लगायतका उपायहरू अवलम्बन गरेको अमेरिकाले त्यसलाई आगामी १ महिना सम्म निरन्तरता दिने बताएका छन् ।

कोरोना भाइरसको विषयमा त्यति जिम्मेवारी पुन ध्यान नदिएका ट्रम्पले पहिला कोरोना भाइरसलाई चीनीया भाइरसको उपमा दिदै आएका थिए ।

तर पछिल्लो समयमा कोरोनाको संक्रमणको हिसावले हेर्दा अमेरिका अग्र स्थानमा आउन पुग्यो । सो अवस्थामा ह्वाइट हाउसका स्वास्थ्य सल्लाहकार डा. एन्थोनी फाउसीले लाखौं अमेरिकन कोरोना संक्रमणमा पर्ने र २ लाख बढीको ज्यान जाने चेतावनी दिएलगत्तै ट्रम्प थप सजग देखिएका हुन् ।

अमेरिकाले अपनाउने पछिल्लो सतर्कताले आउँदो जुनसम्म कोरोनाबाट मुलुक मुक्त हुने दाबी ट्रम्पको छ ।

अबको दुई सातामा कोरोनाको मृत्युदर उच्च हुने सम्भावना छ,’ ट्रम्पको भनाइ उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘त्यसैले हामीले रोकथामका उपाय अवलम्बन गर्ने तयारी गरेका छौं ।’

‘चीनको वुहान शहरबाट गत डिसेम्बरको अन्तिम साताबाट देखापरेको कोरोना भाइरस चीन र युरोपेली मुलुकपछि अमेरिकामा अहिले फैलँदो क्रममा छ ।

आइतबार साँझसम्म त्यहाँका २ हजार ४ सय ३६ कोरोना संक्रमितको मृ्त्यु भएको छ भने हालसम्म १ लाख ३९ हजार ६ सय ७५ संक्रमित भेटिएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

यो संख्या कोरोनाबाट अत्यधिक प्रभावित बनेका इटली र चीनको भन्दा पनि रहेको छ ।

 

प्रकाशित मिति: Mar 30, 2020

प्रतिक्रिया दिनुहोस्