वैदेशिक रोजगारीमा जान नपाएकालाई सरकारले स्थानीय तह मार्फत रोजगारी दिने
सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जान नपाएका नागरिकलाई रोजगारी दिने भएको छ । वैदेशिक रोजगारीमा जान नपाएका तथा फर्किएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सामेल गरिने सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन प्रभावितका लागि राहत स्वरुप यस्तो निर्णय गरेको हो ।
उनीहरुलाई संवन्धित स्थानीय तहको रोजगार सेवा केन्द्रमा सूचीकृत गर्ने र प्रधानमन्त्री रोजगार कार्यक्रममा सामेल गर्ने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए ।