Logo
२ मंसिर २०८१, आईतबार
(March 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन सुध्रिनु र ? नेपाली न हो : धनगढीको गौरिफन्टा नाकामा तनाव, प्रहरीमाथि ढुंगा प्रहार-नाराबाजी

विश्वब्यापी कोरोना भाइरसको त्रासपछि भारतबाट नेपाल फर्किएका नेपाली नागरिकलाई प्रहरीले सीमानाकाबाट प्रदेश नदिएपछि सुदुरपश्चिम प्रदेश स्थित धनगढीको गौरीफन्टा नाकामा तनाव भएको छ ।

भारतका विभिन्न ठाउँबाट काम गरेर सोमबार सीमामा आइपुगेका उनीहरुले मंगलबार बिहानसम्म पनि प्रवेश अनुमति नदिएको भन्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

यस्तै प्रहरीमाथि ढुंगा समेत प्रहार गरेका छन् । प्रहरीले पनि लाठीचार्ज गरेको बताइएको छ । करिब ६०० को संख्यामा सीमा नाकामा आइपुगेका नेपालीलाई सरकारले सीमानाका बन्द भइसकेको भन्दै प्रवेश नदिएपछि तनाव भएको हो ।

निकै तनावको अवस्था रहेको सो नाकाबाट उनीहरुलाई हालपनि प्रवेश गर्न दिइएको छैन भने बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ ।

उनीहरुले स्वास्थ्य जाँच गरेर आफूलाई प्रवेश अनुमति दिन माग गरेका छन् । सरकारले कोरोनाभाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सोमबारदेखि लागू हुनेगरी भारत र चीनतर्फको सबै नाका बन्द गराएको थियो ।

सोहीअनुसार संक्रमणको जाखिमलाई मध्यनजर गर्दै सीमाबाट कसैलाई पनि प्रवेश दिइएको छैन ।
तर ढिला गरी गौरीफन्टा नाका हुँदै उनीहरु नेपाल फर्किएपछि प्रहरीले प्रवेशमा रोक लगाएको हो ।

प्रकाशित मिति: Mar 24, 2020

प्रतिक्रिया दिनुहोस्