नयाँ बानेश्वरमा रहेको संसद भवनमा क्वारेन्टाइन स्थापना
काठमाडौँ : कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालमा फैलिने पूर्वानुमानसहित संघीय संसद् सचिवालयले क्वारेन्टाइन स्थापना गरेको छ ।
कोविड १९ को जोखिमलाई मध्यनजर गर्दै सिंहदरबारस्थित संसद सचिवालयका दुई भवन र नयाँ बानेश्वरमा रहेको संसद भवनमा सेवा दिने गरी क्वारेन्टाइन स्थापना गरिएको हो ।
संसद्मा स्थापना भएको क्वारेन्टाइनले संसद्का पदाधिकारी, सांसद, कर्मचारी, संसद्मा आउने व्यक्तिहरूका लागि सेवा दिने सचिवालयले जानकारी दिएको छ।
कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न संसद भवनमा क्वारेन्टाइन स्थापना गरिएको हो। संसद सचिवालयले आइतबार क्वारेन्टाइन स्थापना गर्ने र सरसफाइ तथा स्प्रेु छर्ने निर्णय गरिएको संघीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीले बताए।