Logo
७ माघ २०८१, सोमबार
(March 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुपन्देहीका १२२ हाटबजार अनिश्चितकालका लागि बन्द

प्रदेश नं ५ स्थित रुपन्देहीका १२२ ठूला तथा साना हाटबजार अनिश्चितकालका लागि बन्द भएका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध उच्च सर्तकता अपनाउँदै सबै प्रकारका हाटबजार बन्द गरिएको हाट बजार व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष भीमलाल ज्ञवालीले जानकारी दिएका छन् ।

उनले सरकारले गरेको निर्णयप्रति ऐक्यबद्धता जनाउँदै हाटबजार भिडभाड हुने क्षेत्र भएकाले बजार बन्द गर्न बाध्य भएको बताएका हुन् ।

अध्यक्ष ज्ञवालीले कृषकको उत्पादन डुलाएर वा चोकमा मानिसको आवतजावत कम हुने ठाँउमा लगेर बेच्न किसानलाई आग्रह गरिएको उल्लेख गर्दै कोरोना भाइरसबाट बच्न र बचाउनका लागि आग्रह गरिएको बताए ।

जिल्लाको बुटवल, भैरहवा, मणिग्राम, मङ्गलापुर, ठूटेपिपल, रानीबगिया, मुर्गिया, कलोैनी, सालभण्डी लगायतका स्थानमा फरक फरक बारमा साप्ताहिक हाटबजार लाग्दै आएको थियो ।

ती बजारमा करिब १ करोडभन्दा बढीको आर्थिक कारोवार हुने गरेको थियो । दैनिक २ हजार व्यवसायीले कम्तीमा ७ हजार बराबरको कारोवार गर्ने गरेका छन् ।

हाटबजारमा दैनिक ९ टन तरकारी, फलफूल खाद्यान्न विक्री हुँदै आएको थियो । यसअघि बुटवल उपमहानगरपालिका, सैनामैना, तिलोत्तमा नगरपालिका शुद्धोधन, गैडहवा गाउँपालिकाले साप्ताहिक हाटबजार बन्दको घोषणा गरेका थिए ।

प्रकाशित मिति: Mar 22, 2020

प्रतिक्रिया दिनुहोस्