Logo
२ मंसिर २०८१, आईतबार
(March 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१० गतेदेखि सबै यातायात बन्द, लाखौंको संख्यामा राजधानी छाड्ने यात्रुको चाप

चैत १० गतेदेखि लामो दुरीको सबै यातायात बन्द हुने भएपछि लाखौंको संख्यामा राजधानी छाड्ने यात्रुको चाप बढेको छ ।

सरकारले १० चैत्रबाट लागू हुने गरी दुई हप्ता लामो दुरीको यातायात सेवा बन्द घोषणा गरेपछि काठमाडौं उपत्यका छाड्ने चाप बढेको हो ।

एकै दिन दुई लाखभन्दा बढी मानिसले काठमाडौं उपत्यका छाड्ने क्रम चलेको यातयात व्यवसायीले जनाएका छन् ।

यात्रुको चाप बढेपछि यातायात व्यवसायीले बस सेवा थप्दैछन् । आजै दुई सय भन्दा बढी बस सेवा थप्न लागिएको यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

अहिले नयाँ बसपार्क, कोटेश्वर र पुरानो बसपार्कमा भीड बढेको छ । यात्रुहरु टिकट नपाएर समस्यामा परेका छन् । चाप बढेपछि सरकारी बस समेत सञ्चालन गर्ने तयारी भएको बुझिएको छ ।

कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले अत्यावश्यक बाहेकका सेवा बन्दको घोषणा गरिसकेको छ ।

शैक्षिक संघसंस्था ६ चैत्रबाट नै बन्द छन् । एसईई स्थगित भएको छ भने विश्वविद्यालय र सरकारी सेवा प्रवेशका परीक्षाहरु पनि स्थगित गरिएका छन् ।

वैशाखयता जनजीवन सामान्य नहुने देखिपछि मानिसहरु काठमाडौं छाडेर घर गएका हुन् ।

अहिले सडकमा आवागमन पातलिदै गएको छ । राजधानीबाट आउने जाने मुख्य नाकाहरुमा भने चाप बढेको छ ।

प्रकाशित मिति: Mar 21, 2020

प्रतिक्रिया दिनुहोस्