पशुपतिको आरती बन्द, आर्यघाटमा २५ जनाभन्दा बढी मलामी जान नपाईने
सरकारले पशुपति आर्यघाटमा सम्भव भएसम्म २५ जनाभन्दा बढी मलामी अपनाउन अनुरोध गरेको छ ।
सरकारले एकपटकमा एकै स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेपछि पशुपति क्षेत्र विकास कोषले सरकारी निर्णयलाई ख्याल गरिदिन आग्रह गरेको हो ।
कोषका सदस्य सचिव प्रदीप ढकालले सामूहिक भजनर्कीतन पनि रोकिएको बताएका छन् । उनका अनुसार नियमित नित्य पूजा नियमित चलिरहन्छ, तर बाहिरको पशुपति आरती भने भोलिदेखि बन्द हुनेछ ।