Logo
२ मंसिर २०८१, आईतबार
(March 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीले देशवासीको नाममा आज अपरान्ह ५ बजे सम्बोधन गर्दै

यतिबेला जनसमाजमा कोरोना भाइरसको सन्त्रास फैलिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाउँमा आज शुक्रबार अपरान्ह ५ बजे सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह ५ बजे नेपाल टेलिभिजन र रेडियो नेपालबाट सम्बोधन गर्ने भएका हुन्। नोभल कोरोना भाइरसबाट देशबासीलाई सुरक्षित राख्न सरकारी प्रयास चलिरहेका बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।

गत फागुनमा मिर्गौलाको दोस्रो प्रत्यारोपण गराएका प्रधानमन्त्रीलाई संक्रमणबाट जोगाउन सम्बोधनका क्रममा अन्य पत्रकारलाई प्रवेश नदिइने भएको हो।

‘प्रधानमन्त्रीले सिंहदरबारबाट अपरान्ह ५ बजे देशबासीलाई सम्बोधन गर्ने कार्यक्रम छ’,प्रधानमन्त्री कारेयालयका सञ्चारविज्ञ रामशरण बजागाईंले भने, ‘भिड हुने भएकाले अन्य पत्रकारहरुको उपस्थितिलाई पनि अनुमति नदिइने भएको र सरकारी सञ्चार माध्यममार्फत प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका छन् । ’

सरकारले २५ जना भन्दा धेरै एकै ठाउँमा जम्मा हुन नदिने नियम यसअघि नैं लगाइसकेको छ।

प्रकाशित मिति: Mar 20, 2020

प्रतिक्रिया दिनुहोस्