Logo
२ मंसिर २०८१, आईतबार
(March 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि टिम्स कार्ड वितरण बन्द, विदेशी पर्यटक पदयात्रामा जान नपाउने

नेपाल पर्यटन बोर्डले आजबाट पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स)कार्ड वितरण बन्द गरेको छ । यससँगै अब विदेशी नागरिकले नेपाली पदयात्रा मार्गमा पदयात्रामा जान नपाउने भएको हो ।

नेपालमा नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)ले टीम्स कार्ड वितरण गर्दै आएका छन्

पदयात्रा बन्द भएसँगै यसले पदयात्रा मार्गमा पर्ने सयौं होटेल तथा रिसोर्टको व्यापार ठप्प भएको छ । शुक्रबार नै नाम्चेका होटेल व्यवसायीले सबै होटेल तथा रेष्टुरेन्ट बन्द गर्ने निर्णय लिइसकेका छन् ।

नेपाल पर्यटन बोर्डले शुक्रबार सूचना जारी गर्दै टिम्स कार्ड वितरण अर्को सूचना जारी नभएसम्म बन्द गरिएको छ । नेपालमा पदयात्रामा जाने सबै विदेशीले टिम्स लिनुपर्छ ।

प्रकाशित मिति: Mar 20, 2020

प्रतिक्रिया दिनुहोस्