Logo
४ आश्विन २०८१, शुक्रबार
(March 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाको त्रास नहट्दै बन्द रहेका चिनियाँ नाका खुलाउँदै सरकार

कोरोनाको त्रास नहट्दै बन्द रहेका चिनियाँ नाका खुलाउने तयारीमा सरकार लागेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएसँगै ५० दिनदेखि बन्द चीनतर्फको रसुवागढी र तातोपानी नाका खोल्न सरकारले गृहकार्य थालेको छ ।

चिनियाँ पक्षले माघ १५ देखि बन्द यी दुई नाका खुलाउनुपर्ने दबाब बढाएपछि त्यसको गृहकार्य सुरु भएको छ । सरकारका एक उच्च अधिकारीका अनुसार केही दिनयता चिनियाँ दूतावासले रसुवागढी र सिन्धुपाल्चोक (तातोपानी) नाका खुलाउन उद्योग वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयका अधिकारीलाई अनुरोध गरिरहेको छ ।

‘चीनतर्फ रसुवागढी नाकामा नेपालका लागि हिँडेका करिब २ सय कन्टेनर रोकिएको र त्यो नाका बन्द गर्ने औपचारिक निर्णय नेपालले नगरेकाले’ तत्काल सामान आवतजावत सुरु गर्नुपर्ने चिनियाँ पक्षले नेपाललाई भनिरहेको ती अधिकारीले बताए । यसबारे छलफल भइरहेको अर्थमन्त्री युवराज खतिवडाले सञ्चार मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोल्न सकिने बताएका थिए । नयाँ वर्षको अवसर पारेर गत माघ १५ देखि चिनियाँ पक्षले केही दिनका लागि यी नाका बन्द गरेको थियो ।

लगत्तै कोभिड–१९ फैलिएपछि नाका बन्दलाई चिनियाँ पक्षले नै निरन्तरता दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति: Mar 20, 2020

प्रतिक्रिया दिनुहोस्