Logo
४ आश्विन २०८१, शुक्रबार
(March 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्यास र पेट्रोलिय पदार्थमा कालोबजारी गर्नेहरु धमाधम फस्दै

ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्दै कालोबजारीमा संलग्न दुई विक्रेतालाई जनही दुई लाखका दरले जरीवाना गराएको छ। टिकाभैरवमा रहेको सत्याल एण्ड किराना पसल र मैतीदेवी पेट्रोल पम्पललाई जनही दुई लाखका दरले जरीवाना गएकिो वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।

सत्याल एण्ड किरानाले ग्यास तथा किराना सामानको कृत्रिम अभाव सिर्जना गरेको विभागको अनुगमनका क्रममा पाईएको विभागले बतायो। यस्तै मैतिदेवी पेट्रोलियम सप्लायर्स मैतिदेवीले कृत्रिम अभाव देखाएर इन्धन भण्डारण गरेको विभागले फेला परेकोले कारवाही गरिएको हो। बुधबार विभागको टोलीले १० वटा र्फम तथा सप्लायर्समा अनुगमन गर्दा ४ वटालाई जरीवाना गराइएको विभागले जनाएको छ ।

विभागले कुनै पनि व्यपारीक र्फमहरुले कुनैपनि वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, तोकिए भन्दा अधिकतम् मूल्य लिने काम विभागमा सम्पर्क गर्न पनि आग्रह गरेको छ। उपभोक्ताले विभागको नम्बर ११३७ मा फोन गरेर विभागमा गुनासो गर्न सक्नेछन्।

प्रकाशित मिति: Mar 18, 2020

प्रतिक्रिया दिनुहोस्