Logo
४ आश्विन २०८१, शुक्रबार
(March 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्य घट्ने क्रममा ब्रेक, एकैदिन प्रतितोला एक हजार बढ्यो

गत फागुन २८ गतेदेखि निरन्तर घट्ने क्रममा रहेको सुनको भाउ बुधबार एकैदिन प्रतितोला एक हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसकार चैत ५ गते बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७६ हजार २ सय तथा चाँदीको प्रतितोला ७१० रुपैयाँ कायम गरेको छ।

मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ७५ हजार ५०० थियो। चाँदीको भाउ भने अघिल्लै दिनको स्थिर रहेको छ।

गत फागुन २७ गते मंगलबार हालसम्मकै उच्च प्रतितोला ८२ हजार ७०० सम्म पुगेको सुनको भाउ लगातार घटेर प्रतितोला ७५ हजार ५ सयसम्म झरेको थियो। तर बुधबार पुन एक हजार रुपैयाँले उकालो लागेको छ।

अन्तराष्ट्रिय बजारमा भइरहेको घटबढको असर नेपाली बजारमा परेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति: Mar 18, 2020

प्रतिक्रिया दिनुहोस्