Logo
४ आश्विन २०८१, शुक्रबार
(March 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१५ करोड बक्यौता नतिर्ने रघुपति जुट मिलको बिजुली काटियो

नेपाल विद्युत प्राधिकरणले रघुपति जुट मिलको बिजुली काटेको छ।

उक्त मिलले डेडिटेकेटेड लाइनको १५ करोड ५५ लाख ६८ हजार रुपैयाँ वक्यौता नतिरेपछि बुधबार लाइन काटेको प्राधिकरणले जनाएकाे छ।

मिलले गत कात्तिकसम्मको ११ करोड ९१ लाख रुपैयाँ ४४ किस्तामा तिर्ने सहमति गरेको थियो।

प्रतिकिस्ता २७ लाख ६ हजार रुपैयाँ तिर्ने सहमति गरेको उद्योगले पैसा नतिरेपछि लाइन काटिएको प्राधिकरण विराटनगर वितरण केन्द्र प्रमुख राजीव सिंहले बताए।

प्रकाशित मिति: Mar 18, 2020

प्रतिक्रिया दिनुहोस्