Logo
४ आश्विन २०८१, शुक्रबार
(March 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिरञ्जीवी नेपाल राष्ट्र बैंकबाट विदा, शिवाकोटीलाई कामु गभर्नरको जिम्मेवारी

बुधबारदेखि गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल सकिएको छ । यससँगै उनी राष्ट्र बैंकबाट विदा भएका छन ।  सरकारले डेपुटी गभर्नर चिन्तमणि शिवाकोटीलाई कामय मुकायम गभर्नरको जिम्मेवारी दिएको छ।

अर्थमन्त्रालयले शिवाकोटीलाई कामु गभर्नरको जिम्मेवारी दिएको हो।

नयाँ गभर्नर नियुक्तीमा ढिलाइ भएका कारण सिवाकोटी कामु गभर्नरको जिम्मेवारी दिइएको हो। अर्थमन्त्रालयले पत्र पठाउँदै शिवाकोटीलाई उक्त जिम्मेवारी दिइएको हो।

मन्त्रिपरिषद्को बैठक बस्न नसक्दा गभर्नर नियुक्तिको प्रक्रिया सुरु हुन सकेको छैन।

मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिको लागि अर्थमन्त्रीको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गर्नुपर्छ । जसमा पूर्वगभर्नरहरु मध्येबाट एकजना सदस्य र आर्थिक, मौद्रिक, बैकिङ्, वित्तीयतथा वाणिज्य कानूनको क्षेत्रका एक प्रतिष्ठित व्यक्तिबाट समितिको गठन हुन्छ ।

३ सदस्यीय समितिले आर्थिक, मौद्रिक, बैंक, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका प्रतिष्ठित व्यक्तिहरु तथा डेपुटी गभर्नरहरु मध्येबाट तीन जनाको नामावली मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । मन्त्रिपरिषद्ले सिफारिस भएका नाम मध्येबाट एकजनालाई गभर्नर पदमा नियुक्त गर्ने कानूनी व्यवस्था छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि मन्त्रिपरिषद्को बैठक बस्न सकेको छैन।

 

प्रकाशित मिति: Mar 18, 2020

प्रतिक्रिया दिनुहोस्