Logo
३ मंसिर २०८१, सोमबार
(March 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरस विश्वव्यापी महामारी बनिसक्दा पनि अमेरिका र चीनबीच आरोप प्रत्यारोप

कोरोना भाइरस विश्वव्यापी महामारी बनिसक्दा पनि दुई ठूल्ठूला देश अमेरिका र चीनबीच आरोप प्रत्यारोप चलिरहेको छ ।

कोरोना संक्रमणसँग विश्व मिलेर जुध्नुपर्ने बेलामा अमेरिका र चीन जस्ता देशहरु एक अर्का्विरुद्ध यसैलाई विषय बनाएर आरोपमा उत्रिएका हुन् ।

पहिलोपटक चीनमा देखापरेको कोरोना भाइरसको संक्रमणपछि अमेरिकी वाणिज्य मन्त्री लिल्बर रोसले अब अमेरिकामा रोजगारीको अवसर बढ्ने भन्दै सार्वजनिक रुपमै अभिव्यक्ति दिए ।

उनले भने, मेरो विचारमा यसले उत्तर अमेरिकामा रोजगारीको अवसर फर्काउन सहयोग पुग्नेछ । अमेरिकामा भाइरसले नकारात्मक असर नपुर्याउने तर्क गरे ।

त्यसपछि चीनले ती मन्त्रीको नैतिकतामाथि प्रश्न उठायो । चिनियाँ विदेश मन्त्रालयको आधिकारिक धारणा सार्वजनिक गर्ने ग्लोबल टाइम्सले सम्पादकीय नै लेखेर संकटका बेलामा अमेरिकी अधिकारीको भनाई नैतिक मूल्य मान्यता विपरित रहेको उल्लेख गर्यो ।

चिनियाँ विदेश मन्त्रालयका अधिकारी झाओ लिजियानले अमेरिकी सैनिकबाट कोरोना भाइरसको संक्रमण वुआनमा पुगेको दाबी गरे । उनले अमेरिकामाथि चीनमा कोरोना भाइरसको संक्रमण फैलाएको आरोप लगाए ।

यसले नयाँ तरंग ल्यायो । कोरोना भाइरसलाई शक्तिराष्ट्रले एकले अर्कालाई कमजोर पार्ने अस्त्रका रुपमा प्रयोग गर्न खोजेको विषय नउठेको होइन ।

एक अर्काबीच आरोप प्रत्यारोप चलिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ भाइरस भने । उनले ट्वीटमार्फत् चाइनिज भाइरस भने ।

भाइरसको संक्रमणले न त चीनलाई छाड्यो न त अमेरिकालाई नै छाड्यो । अहिले युरोप थलिएको छ । उनको ठाडो आरोप चीनमाथि थियो ।

अहिले अमेरिकी अर्थतन्त्रमा ठूलो नोक्शानी परिरहेको छ । कोरोना भाइरसको विश्वव्यापी संक्रमणले तेलयुद्धले मूल्यमा गिरावट आएको छ ।

अमेरिकाको तेल उत्पादनबाट जीडीपीमा ठूलो योगदान पुग्ने गर्छ । मूल्य घट्दा उसलाई नोक्शान परेको छ । अमेरिकामा अहिले धेरै रोजगारी संकटमा परेको छ ।

लाखौं रोजगारी संकटमा पर्दा त्यहाँको समाजमा दुरगामी असर पर्न सक्छ ।सोमबारबाट चीनलाई बाँकी विश्वले कोरोना भाइरस संक्रमणमा उछिन्यो ।

युरोप र उत्तर अमेरिकामा संक्रमण निकै फैलियो । त्यसपछि अमेरिकी अधिकारीहरुबाट चीनमाथि आरोप लगाउने क्रम बढ्यो ।

कुनैबेला चीनमा संकट बढेर लाभ लिन सकिन्छ भन्ने अमेरिकी अधिकारीको भनाई अहिले प्रत्युत्पादक बनेको छ । चीनले भाइरस संक्रमणको वृद्धिदर घटाउने सफलता हासिल गरिरहँदा युरोप र अमेरिकामा बढिरहेको छ ।

 

 

प्रकाशित मिति: Mar 18, 2020

प्रतिक्रिया दिनुहोस्