दुहबीमा रौनियार महिला मञ्चको कोरोना भाइरस सम्बन्धि जनचेतना
सुनसरीको दुहवीमा रौनियार महिला मञ्च दुहबीकी अध्यक्ष वनदना रौनियारको अध्यक्षतामा दुहवी ६ स्थित पंचायत आधारभुत विद्यालयमा १ दिने कोभिड १९ (कोरोना भाइरस) सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख प्रशिक्षक डा. सोनी रौनियारले भाइरस बारेमा विद्यार्थी तथा शिक्षकहरुमा यसको लक्षण र यस बाट बच्ने उपायहरुको बारेमा जानकारी गराएकि थिइन ।
कार्यक्रमको विशिष्ट अतिथीमा जितेन्द्र साह, अतिथीमा विद्यालयका सम्पूर्ण शिक्षक, रौनियार समितिका पदाधीकारी रहेका थिए । कार्यक्रममा विद्यालयका २०० जना भन्दा बिद्यार्थी, शिक्षक, विद्यालयका कर्मचारी, रौनियार युवा मञ्चका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा विद्यार्थीहरु, शिक्षक तथा कर्मचारीहरुलाई कोरोना विरुद्ध लड्न माक्स तथा प्रचार पम्प्लेट वितरण गरेको थियो । कार्यक्रम सञ्चालन रौनियार महिला मञ्चकी सुनिता रौनियाले गरेका थिए भने कार्यक्रम संयोजक पुजा रौनियार र सहसंयोजक पिंकी रौनियार रहेकि थिइन।