Logo
३ मंसिर २०८१, सोमबार
(March 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भरतपुरमा ७२ घण्टाभित्रै ७० शैयाको कोरोना विशेष अस्पताल बनाइने

चितवन : भरतपुरमा अस्थाई अस्पताल निमार्ण गरिने भएको छ। कोरोना संक्रमणको उच्च जोखिम नियन्त्रणका लागि ७२ घण्टा भित्र उपचार केन्द्रको रुपमा सञ्चालन हुने गरी भरतपुरमा अस्थाई अस्पताल निमार्ण गर्न लागिएको हो ।

जिल्लामा आवश्यक सुविधासहितको आइसियु, एचडीयु र जनरल वार्डसहित ७० शैयाको अस्पताल बनाउन लागिएको नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष अनिलविक्रम जानकारी दिए।

कोरोनको शंका लागेका विरामीलाई मात्र त्यहाँ राखिनेछ। महामारी हुन नदिन सजगता अपनाइएको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बताइन् ।

आइसियु र हाइ डिपेन्डेन्ट यूनिट (एचडियु ) १०-१० शैयाको हुने छ। बाँकी ५० जनरल बेड हुनेछ।
उद्योग संघको कार्यालयसँगै जोडिएको तीन वटा ठुला हल छन्। त्यसमा आइसियु, एचडियु र जनरल बेड छुट्टाछुट्टै राखिनेछ।

अस्पताल तयार गर्न जिम्मेवारी बाँडफाँड गरिएको छ। कोरोना विशेष अस्पताल निमार्णमा आवश्यक पूर्वाधार सहितको सामाग्री भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति, उद्योग वाणिज्य संघ चितवन र चितवन उद्योग संघले २४ घण्टाभित्र तयार गर्नेछन्। त्यसको ४८ घण्टामा बाँकी काम सम्पन्न गरेर अस्पताल संचालन गरिनेछ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सुरुवातमै आइसियुको लागि आठवटा उच्च स्तरको वेड र आठवटा भेन्टिलेटर उपलब्ध गराउने भएको छ।

प्रकाशित मिति: Mar 17, 2020

प्रतिक्रिया दिनुहोस्