Logo
७ माघ २०८१, सोमबार
(March 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ऋण लिएर तिर्न अटेर गर्नेमाथि राष्ट्रिय वाणिज्य बैंकले कारवाही थाल्यो

राष्ट्रिय वाणिज्य बैंकले विगतमा ऋण लिएर तिर्न अटेर गरिरहेका व्यवसायी तथा निजी कर्जा लिएकालाई धमाधम कारवाही शुरु गरेको छ ।

बैंकले एक सूचना प्रकाशित गरी १२ व्यवसायीक फर्म तथा ओभर ड्राफ्ट लिएकालाई ३५ दिन भित्र आफूले लिएको ऋण तिर्न आउन भनेको छ । बैंकको सूचना अनुसार कूल २१ करोड ७३ लाख ६९ हजार २८८ रुपैयाँ ऋण उठाउने अभिप्रायले मंगलबार सूचना प्रकाशित गरेको हो ।

बैंकको बालाजु शाखा कार्यालयबाट ऋण लिई काठमाडौं बिजनेश टे«डर्स कम्पनी सञ्चालन गरिरहेको व्यवसायीक फर्मलाई कर्जा तिर्न आउन भनेको छ । सो कम्पनीले ७ करोड १० लाख ३५ हजार र १ करोड सात लाख २५ हजार ऋण लिएको पाइएको छ । यस्तै बैंकको धनगढी शाखा कार्यालयबाट ओभर ड्राफ्ट लिएको सन्ध्या टे«डर्स १ करोड १६ लाख र ८२ लाख ३५ हजार ५०० रुपैयाँ, घर कर्जा लिएको सीताकुमारी शाही १ करोड २४ लाख ८७ हजार, करुणा स्टोर ५६ लाख ९० हजार, रिडल टे«डर्स एण्ड शु मेटरियल्स २३ लाख ४ हजार, दीप्ती सपिङ ७४ लाख ६१ हजार २००, र ९३ लाख ७१ हजार ३०० रहेका छन् ।

यस्तै, सिद्धार्थ निर्माण सेवा ५ करोड ८७ लाख २२ हजार, अनमोल शु एण्ड सेन्डल ४८ लाख २ हजार, फेसन कलेक्सन महोत्तरी ६१ लाख ३५ हजार ४००, मञ्जु बस्त्रालय ४४ लाख ११ हजार ८००, नेशनल विवि सेन्टर ३३ लाख ८० हजार र टाइगर स्टोर कालीकोटले १० लाख ६ हजार ऋण लिएको भएपनि लामो समयसम्म भुक्तानी नगरेपछि बैंकले ३५ दिने सूचना जारी गरेको हो ।

तोकिएको समयमा कर्जा तिर्न नआएको खण्डमा कानून अनुसार धितोमा राखिएको सम्पत्ति लिलामी गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति: Mar 17, 2020

प्रतिक्रिया दिनुहोस्