आपत्कालीन अवस्था सिर्जना पछि तीव्र गतिमा फोहोरबाट ग्याँस उत्पादन गर्नेे तयारी
प्रदेश ५ स्थित दाङको घोराहीमा कोरोनाबाट आपतकालिन अवस्था सिर्जना भएपछि तीव्र गतिमा फोहोरबाट ग्याँस उत्पादन गर्नेे तयारी सुरु भएको छ ।
६ महिनाको अवधिमा ६० प्रतिशत काम सम्पन्न भएको योजनालाई ३–४ महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको हो । दैनिक ७० देखि ८० सिलिन्डर उत्पादन हुने दिएको छ ।
दाङको घोराही उपमहानगरमा फोहोरबाट वायोग्याँस उत्पादन गर्ने योजना अन्तर्गत २०७५ सालको मंसिर महिनामा सम्झौता गरिएको थियो ।
२ बिघा १२ कठ्ठाको क्षेत्रफलमा निर्माण हुन लागेको उक्त संरचनाको लागत १९ करोड ८५ लाख रुपैयाँ हुने बताइएको छ ।
सोही अनुसार गत भदौ महिनादेखि संरचना निर्माणको काम समेत सुरु भएको हो । फोहोरबाट ग्याँस उत्पादन गर्ने प्लान्ट निर्माण कार्यले तीव्रता पाएको छ ।
बायोग्याँस प्लान्ट निर्माण गर्ने स्थानमा रहेका रुख कटान तथा त्यसको व्यवस्थापनमा ढिलाइ हुँदा निर्माणमासमेत ढिलाइ भएकामा अहिले भने कामले तीव्र गति लिएको हो ।
अहिलेसम्म करिब ६० प्रतिशत संरचना निर्माणको काम भइसकेकोे नेपाल उर्जा विकास कम्पनी प्रा.लिका म्यानेजर हरीशरण श्रेष्ठको भनाइ छ ।
संरचना निर्माणको काममा कुनै समस्या नभए ३ र ४ महिनामा सबै संरचना निर्माण भइसक्ने र सञ्चालनमा समेत आइसक्ने उनको भनाइ छ ।
संंरचना निर्माणपछि प्राविधिक काम गर्ने र उपमहानगरपालिकाको ल्याण्डफिल्ड साइडमा फोहोरबाट ग्याँस उत्पादनको काम गर्ने सम्झौता भएको घोराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्याल बताउँछन् ।