भद्रकालीको नमूना क्वारेन्टाइनमा स्वास्थ्यकर्मीहरूलाई तालिम, ५२ वटा आइसोलेसन कक्ष निर्माण
नेपाली सेनाको अगुवाईमा राजधानी काठमाण्डौ स्थित रहेको भद्रकालीमा बनइएको नमूना क्वारेन्टाइनमा स्वास्थ्यकर्मीहरूलाई तालिम दिन सुरु गरिएको छ ।
विश्वव्यापी महामारी बनेको कोभिड-१९ सँग जोगिने आवश्यक तयारी थालेको नेपाली सेनाले आजदेखि नमूना क्वारेन्टाइनमा स्वास्थ्यकर्मीहरूलाई तालिम दिन थालेको हो ।
सैनिक मुख्यालय भद्रकालीमा बनाइएको नमूना क्वारेन्टाइनमा बिरामीलाई कसरी उपचार र हेरचाह गर्ने भन्ने विषयमा प्रशिक्षण दिन थालिएको हो। सेनाले ५४ वटा नमूना क्वारेन्टाइन निर्माण गरेको छ।
यस्तै, तयारीस्वरूप नेपाली सेनाले काठमाडौं उपत्यकासहित देशभर ५२ वटा आइसोलेसन कक्ष निर्माण गरिरहेको छ। नमूना क्वारेन्टाइनमा पूर्वतयारीका अभ्यासहरू गरिने छन्।