Logo
४ आश्विन २०८१, शुक्रबार
(March 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

७ अर्ब ८५ करोड थान अन्त:शुल्क स्टिकर किनिदै

सरकारले इन्डोनेसियाली कम्पनी पेरुम पेर्सेटाकन उआङ रि (पेरुम पेरुरी)सँग ७ अर्ब ८५ करोड थान अन्त:शुल्क स्टिकर किन्ने भएको छ।

आन्तरिक राजस्व विभागले गरेको अन्त:शुल्क स्टिकर छपाइको ठेक्का प्रक्रियामा सहभागी ४ कम्पनीमध्ये न्यूनतम मूल्यांकित सारभूतरुपमा प्रभावग्राही ठहरिँदै पेरुम पेरुरीले स्टिकर आपूर्तिको जिम्मा पाएको हो।

विभागले गत असोज १३ गते प्रकाशित गरेको बोलपत्रअनुसार खरिद प्रक्रियामा यो कम्पनीसँग लिथुआनिया, भारत र चीनका कम्पनी सहभागी भएका थिए।

प्रतिस्पर्धामा सहभागी भएकामध्ये यो कम्पनीले १ करोड ४ लाख अमेरिकी डलरमा स्टिकर छपाइ तथा आपूर्तिको प्रस्ताव गरेको थियो।

प्रकाशित मिति: Mar 16, 2020

प्रतिक्रिया दिनुहोस्