Logo
७ माघ २०८१, सोमबार
(March 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले नेपाल भ्रमण दशकको अवधारणा अघि सार्ने

सरकारले नेपाल भ्रमण दशकको अवधारणा अघि सार्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले भ्रमण दशक (२०२०–२०३०) मनाउन लागिएको जानकारी दिए।

पर्यटन दशकभरि गरेर हरेक वर्ष छुट्टाछुट्टै कार्यक्रममार्फत पर्यटन बजार विकास र विस्तारमा जोड दिइने मन्त्री भट्टराईले बताए। सन् २०२० को नेपाल भ्रमण वर्ष सुरु हुन नपाउँदै कोरोना भाइरसका कारण पर्यटन बजार प्रभावित भएपछि सरकारले हाललाई भ्रमण वर्ष नै स्थगित गरेको छ। भ्रमण वर्ष २०२० को पुनर्तालिकीकरणको सम्बन्धमा टुंगो नलागेको उनले बताए।

१५ औं पञ्चवर्षीय योजनाले पनि आगामी ५ वर्षमा ३५ लाख पर्यटक भियाउँदै कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। हाल समग्र अर्थतन्त्रमा पर्यटनको योगदान करिब ३ प्रतिशत रहेको छ। मुलुकको अर्थतन्त्रको दिगो विकास दीर्घकालीन पर्यटन विकासका योजना अघि सानुपर्ने बताए।

पर्यटन पूर्वाधार तथा उपज विकासका लागि संघ, प्रदेश तथा स्थानीय सरकारबीचको साझेदारीसम्बन्धी मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भट्टराइले पर्यटन बस्ने अवधिलाई १५ दिनमा लम्ब्याउन पर्यटकीय गन्तव्यको पूर्वाधार विकासमा तीनै तह लाग्नुपर्ने बताए। केन्द्र, प्रदेश र स्थानीय तहबीच नै पर्यटन विकासका क्षेत्रमा एउटै एजेन्डा हुनुपर्ने र यसबाट तीनै तहले लाभ लिन सक्नुपर्ने भनाइ मन्त्रीको छ।

प्रकाशित मिति: Mar 16, 2020

प्रतिक्रिया दिनुहोस्