Logo
४ आश्विन २०८१, शुक्रबार
(March 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकले अबदेखि क्वारेन्टाइनमा बस्नुपर्ने

नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकले अबदेखि ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपर्ने भएको छ।

विश्वभर महामारीकाे रुपमा फैलिएको काेराेना भाइरस (काेभिड–१९)को संक्रमण नेपालमा पनि फैलने जोखिम बढेसँगै शनिबारबाट अध्यागमन विभागले नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरेको हो।

सेल्फ क्वारेन्टाइनमा बस्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनिवार्य फारम भर्नु पर्ने नियम लागू भएको छ। नेपाली नागरिक घरमै सेल्फ क्वारेन्टाइनमा बस्नेछन् भने विदेशी नागरिकले क्वारेन्टाइनका लागि आफू बस्ने ठाउँको व्यवस्था आफैँ गर्नेछन्। यो नियम विमानस्थलबाट नेपाल भित्रने व्यक्तिलाई मात्र नभएर विभिन्न नाकामा समेत लागू हुनेछ।

अप्रिल ३० सम्म लागु हुने यो नियममा विदेशबाट नेपाल आएका स्वदेशी तथा विदेशी नागरिक क्वारेन्टाइनमा बसे नबसेको अनुगमन सम्बन्धित स्थानीय तहहरुले गर्ने भएका छन्।

संक्रमित देशबाट फर्किएका कुनै पनि व्यक्ति  घरपरिवार तथा अन्य व्यक्तिहरुको सम्पर्कबाट टाढा अथवा घरमै बस्ने प्रक्रिया नै सेल्फ क्वारेन्टाइन हाे।

सेल्फ क्वारेनटाइनको मुख्य उद्देश्य भनेको संक्रमित नभए पनि यदि कुनै व्यक्तिलाई संक्रमण भएमा अन्य व्यक्तिमा सर्न सक्ने भएका कारण परिवारभन्दा छुट्टै राखेर सावधानी अप्नाउनु हो।

क्वारेन्टाइनमा बसेका व्यक्तिले प्रयोग गरेका सामान घरका अन्य व्यक्तिले प्रयोग गर्न नमिल्ने भएका कारण उनलाई चाहिने वा प्रयोग हुने सरसामान पनि छुट्टै हुनु पर्दछ। यो प्रकृया निश्चित ठाउँ र निश्चित समयका लागि मात्रै हुने गर्दछ।

क्वारेन्टाइनमा बस्दा कुनै पनि लक्षण देखा नपरेपछि १४ दिनपछि परिवारसँग बस्न तथा धुलमित गर्न पाइनेछ।

प्रकाशित मिति: Mar 16, 2020

प्रतिक्रिया दिनुहोस्